बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

घुस लिएको आरोपमा कार्यालय प्रमुखसहित ४ जना पक्राउ

घुस लिएको आरोपमा कार्यालय प्रमुखसहित ४ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०७६, सोमबार

म्याग्दी,१३ साउन- अख्तियारले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका कार्यालय प्रमुखसहित चारजनालाई घुससहित पक्राउ गरेको छ ।आइतबार अख्तियार पोखरा कार्यालयबाट खटिएको टोलीले कार्यालयका निमित्त कार्यालय प्रमुख भीम प्रसाद आचार्य (जनस्वास्थ्य निरीक्षक), जिन्सी शाखा प्रमुख (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैसीलाई बेनी नगरपालिका– ८ स्थित कार्यालय परिसरबाटै एक लाख ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।अख्तियार पोखराका सूचना अधिकारी मेघनाथ रिजालका अनुसार उनीहरुले कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रमवापतको पेश्की फर्छ्यौट गरिदिने बहानामा एक लाख तीस हजार रुपैयाँ घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारले निगरानी बढाएको थियो । उनीहरु हाल अख्तियारको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->