मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बजारको अभावमा बायो ब्रिकेट बन्द

बजारको अभावमा बायो ब्रिकेट बन्द


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०७६, सोमबार

पर्वत,१३ साउन- बजार नपाउँदा पर्वतको एक मात्र बायो ब्रिकेट उद्योग तीन वर्षदेखि बन्द भएको छ । जङ्गलमा खेर जाने तथा जङगलका अनावश्यक झारपातको सदुपयोग गर्दै खाना पकाउन प्रयोग गरिने ब्रिर्केट उद्योग २०६७ सालमा स्थापना गरिएको थियो । गैरसरकारी संस्थाहरुले प्रगति देखाउन उत्पादन गर्न लगाउने तर आवश्यक बजारको प्रबन्ध गर्न नसकेपछि उद्योग बन्द भएको हो । दातृ निकायको सहयोगमा सञ्चालित उद्योग केही वर्षसम्म सञ्चालनमा आएको पनि लघु उद्योगलाई पुनःजागरण गराउन नसकिएको हो ।वन समूहका नयाँ पदाधिकारीहरुले पनि चासो नदिएका कारण उद्योग बन्द भएको कतिपय स्थानीयको भनाई छ ।यद्यपी, ब्रिकेट उद्योग संचालक समितिकी अध्यक्ष गौरी कार्कीले भने, ‘बायो ब्रिकेट उत्पादन गरेर काठमाण्डौ पठाएको भएपनि पैसा नआएका कारण बन्द भएको हो ।’
कुश्मा नगरपालिका वडा नं. १ छमर्केको कालिगण्डकी पातलाखर्क छमर्के सामुदायिक बनका उपभोक्ताद्धारा सञ्चालित उद्योग सामुदायिक वन समुहको ८ लाखको लागतमा निर्माण गरिएको थियो । उद्योग बन्द भएसँगै भवन तथा उद्योग सञ्चालनका ल्याइएका ५ लाखका उपकरणहरु पनि अलपत्र परेका छन् । नाकाबन्दीको समयमा राम्रो आम्दानी गरेको र ग्याँसको विकल्पका उपयोग गर्न सकिने ब्रिकेट उद्योग नाकाबन्दी फुकुवा भएलगत्तै बन्द भएको हो । भारतले नेपालमा नाका्बन्दी गरेका बेला एल.पी. ग्याँसको चरम अभाव भएको बेलामा राम्रो आम्दानी गरेको उद्योग नाकाबन्दी फुकुवा भएसँगै बन्द भएको हो ।वनका उपभोक्ताहरुको आर्थिक उपार्जनको बलियो माध्यम बनेको ब्रिकेट उद्योग सञ्चालनमा रहेका बेला २०÷३० जनाले प्रत्यक्ष रोजगारी पाएको तर कार्यक्रमहरु एनजिओमुखी मात्रै बन्ने गरेका कारण बन्द भएको स्थानीयकोे भनाई छ । सामुदायिक वन उपभोक्ता महासंघ तथा विभिन्न एननजिओको पहलमा उद्योग सञ्चालनमा ल्याइएको भएपनि उत्पादित ब्रिकेटको बजार एलपि ग्याँसले लिएपछि उद्योग अहिले बन्द भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->