मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बालिका बलात्कार गर्ने जनप्रतिनिधि पक्राउ

बालिका बलात्कार गर्ने जनप्रतिनिधि पक्राउ


  • राजन पौडेल
  • साउन १५ २०७६, बुधबार

पर्वत,१५साउन – बालिकालाई बलात्कार गरेको आरोपमा पर्वतमा एक जना वडा सदस्य पक्राउ परेका छन् । कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ६९ वर्षीय विष्णुहरि पराजुलीले नौ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
बालिका बलात्कारको घटना गाउँमा नै मिलाउने प्रयास भैरहेको थाहा भएपछि स्थानियले प्रहरी समक्ष पिडित बालिकाको नित्ति न्यायको माग गरेका थिए । गएको साउन ६ गते साँझको समयमा पराजुलीले आफैँले सञ्चालन गरेको राइस मिलमा बालिकालाई बोलाएर १० रुपैँयामा प्रलोभन मा पारी बलात्कार गरेको पाइएको छ । घटनालाई भित्रभित्रै साम्य बनाउन पिडितलाई सुरुमा दश हजार रुपँैया कुरा भएको तर पिडित पक्षबाट केहि ब्यक्तिहरुले एक लाख रुपैँयाको माग गरेपछि दिने सहमती भएको थियो । सो रकम पाउने सहमति भएपनि नपाइसकेको र साउन १६ गते मात्र दिने सहमति भएको प्रहरीले जनाएको छ ।
बालिका बिरामी भएपछि स्वास्थ्य परिक्षणको लागि बालिकालाई बाग्लुङ अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराएका थिए । आरोपित पराजुलीलाई प्रहरीले मंगलबार उनकै घरबाट नियन्त्रणमा लिएर त्यसै दिन यौन दुर्व्यवहार अन्तर्गत पर्वत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->