बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

लाम्पाटा- दरबाङ सडक कालोपत्रे योजना सुरु

लाम्पाटा- दरबाङ सडक कालोपत्रे योजना सुरु


  • ढोरपाटन संवाददाता
  • साउन ३१ २०७६, शुक्रबार

म्याग्दी, ३१ साउन –  म्याग्दीको सदरमुकाम बेन दरबाङ सडक खण्ड अन्तर्गत लाम्पाटादेखी दरबाङ सम्म सडक स्तरोन्नति एवं कालोपत्रे योजना सुरु भएको छ ।
गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक नमूना सडक कार्यक्रम अन्तर्गत बेनी दरबाङ्ग सडक खण्ड अन्तर्गत मंगला गाउँपालिका लाम्पाटादेखी र मालिका गाउँपालिकाको दरबाङ्ग सम्म सडक कालोपत्रे योजना निर्माण कार्य सुरु भएको हो ।
विरुवा क्याराभान निर्माण कम्पनीले निर्माण गर्न लागेको योजनाको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले विहिबार एक कार्यक्रमका विच शिलान्यास गरेका छन् । योजनाको शिलान्यास गदैै गाउँपालिका अध्यक्ष रोका मगरले गुणस्तरिय काम सहित तोकीएको समयमा योजना निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गरे । योजना निर्माण सम्पन्न भएमा पश्चिम क्षेत्रको विकासमा ढोका खाल्ने उनले बताए ।
यसैगरी गाउँपलिका उपाध्यक्ष खरमाया विटालुले योजना निर्माण सम्पन्न भएमा पश्चिम क्षेत्रका सर्वसाधारणलाई आवतजावतमा सहज हुने बताइन् ।
२२ करोड लागतको अनुमान गरिएको बेनी दरबाङ सडक खण्ड अन्तर्गत लाम्पाटादेखी दरबाङ सम्म सडक स्तरोन्नति एवं कालोपत्रे योजना निर्माण सुरु भएको पुर्वाधार विकास कार्यालय म्याग्दीका सिनियर डिभिजन ईन्जीनियर ओमराज ढुङगनाले जानकारी दिए ।
६ दशमलव ८ किमी रहेको योजना २४ महिनामा सक्ने सम्झौता भएको छ । बेनीदेखी बाबियाचौर सम्म १६ दशमलव २ किमी सडक कालोपत्रे योजना निर्माण सुरु भएको उहाँले बताउनुभयो । एक निर्वाचन क्षेत्र एक नमुना सडक अन्तर्गत निर्वाचन क्षेत्र (क) मा ८ किमि गलेश्वर– पिप्ले –भगवती सडक कालोपत्रे योजना निर्माण सुरु भएको ईन्जीनियर ढुङ्गनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->