बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

भवन बनाउन बजेट आएपछि बल्झियो गाउँपालिकाको केन्द्र विवाद

भवन बनाउन बजेट आएपछि बल्झियो गाउँपालिकाको केन्द्र विवाद


  • संजय रेग्मी
  • भाद्र ३ २०७६, मंगलबार

पर्वत,३ भदौ , प्रदेश सरकारले विनियोजन गरेको बजेटले जिल्लाको बिहादी गाउँपालिकाको केन्द्र सार्ने विषय पेचिलो बन्दै गएको छ ।

गाउँपालिकाको केन्द्र अहिले वहाकीमा रहेको छ । तर गण्डकी प्रदेश सरकारले गाउँपालिकाको भवन निर्माणको लागि विनियोजन गरेको बजेटमा गाउँपालिकाको भवन वहाकीमा नभई ईमिचौरमा निर्माण गर्ने भनिएको छ । सङ्घीय सरकारले गाउँपालिकाको केन्द्र वाहाकी तोकेर सोही ठाउँबाट काम हुँदै आइरहेकोमा प्रदेश सरकारले दिएको बजेटसँगै आएको नामले गाउँपालिकाको केन्द्र सार्ने विषयले फेरि महत्व पाएको हो ।

कतिपय जनप्रतिनिधिहरूले अहिले कायम रहेको वहाकी मा नै गाउँपालिकाको केन्द्र हुनुपर्ने बताइरहेका छन् भने कतिपयले ईमिचौरमा सारिनु उपयुक्त हुने बताउँदै आएका छन् । ईमीचौर आसपासका बासिन्दा र जनप्रतिनिधिहरूले अहिले भइरहेको स्थानको केन्द्र अपायकको भएको बताउँदै केन्द्र सारिनुपर्ने मागलाई तीव्र पारिरहेका छन् भने अहिले केन्द्र रहेको स्थान वहाकी र आसपासका बासिन्दाले केन्द्र सारिन नहुने बताउँदै आएका छन् ।

प्रदेश सरकारले भवन निर्माणको लागि १ करोड रुपैयाँ विनियोजन गरेपछि गाउँपालिकाको भवन निर्माण हुने पक्का भएको छ। जहाँ भवन निर्माण हुन्छ त्यो नै स्थायी केन्द्र बन्ने भएका कारण ईमीचौर र वहाकीका दुई पक्षका बिचमा केन्द्र राख्ने विषयको मुद्दा चर्किएको हो । गाउँपालिकाको वडा नं. ३ रानीपानीका वडाध्यक्ष रनबहादुर आलेले प्रदेशले ठाउँ तोकेर रकम विनियोजन गरिसकेको अवस्थामा केन्द्र सार्नै पर्ने बाध्यता रहेको बताए । ‘हामीले गाउँपाािलकाको केन्द्र इमिचौर हुनुपर्छ भन्दै बहुमतको निर्णय गर्दै प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूमा केन्द्र सारिनुपर्ने माग बुझाएका थियौँ।’ उनले भने, ‘गाउँपालिकामा पनि केन्द्र सार्नुपर्छ भन्ने माग आएको छ, प्रदेश सरकारले पनि बजेट सहित ठाउँ तोकेको छ, अब केन्द्र नसारी सुख छैन ।’

गत शुक्रवार जनप्रतिनिधि सहित ईमीचौर आसपासका स्थानीय केन्द्र सार्नुपर्ने माग राख्दै गाउँपालिकाको कार्यालयमा पुगेका थिए। केन्द्र सार्ने विषयमा गाउँपालिकाका प्रमुख कमलप्रसाद भुसालसँग छलफल भएको भए पनि केन्द्र सार्ने विषयमा उदासीन बन्दै बेवास्ता गरेको वडाध्यक्ष आलेले बताए । बहुमतको सङ्ख्यामा गाउँपालिकाको केन्द्रमा पुगेका जनप्रतिनिधि र स्थानीयको कुरा नसुनी गाउँपालिका प्रमुख भुसालले तोक लगाउन अस्वीकार गरेर भवनका लागि आएको बजेट फ्रिज गराउने अवस्था उत्पन्न गराएको उनको दाबी छ ।

विहादी २ का वडाध्यक्ष ओमप्रसाद कुँवरसहित सबै वडा सदस्य, कार्यपालिका सदस्यहरू, वडा ३ का सबै सदस्यहरू, वडा १ का प्रतिनिधिहरू ईमीचौरमा केन्द्र सानुपर्ने अडानमा छन् । गाउँपालिका प्रमुख भुसाल भने सङ्घ सरकारले तोकेको वहकी नै केन्द्र बन्नुपर्ने भन्ने अडानमा छन् । गाउँपालिकाको निर्माणको लागि वहाकीमा जगा किन्ने काम समेत भैसकेका कारण केन्द्र सार्ने कुरा अनुपयुक्त भएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->