पर्वत ,५ भदौ – समयमा वर्षा नहुनाले धान रोप्न समस्या भएको सुनाउने पर्वतका कृषकलाई रोपेको महिनादिन नपग्दै फेरि मुसाले सताउन थालेको छ । असार र साउन महिनामा उचित वर्षा नहँुदा धान रोप्न नसकेका पर्वतका कृषकलाई फेरि मुसाले उठिबास लगाउन थालेको हो ।
‘असार र साउनमा पानि कैले पर्ला अनि हलो जुवा र गोरु लिएर खेत जान पाउँला भन्ने आशामा आकास हेरेर बसियो’ कटृुवा चौपारीका कृषक पुरुषोत्तम लामिछानेले भने,‘ बल्लतल्ल रोपेको धान मुसाले काटिदिदाँ रुनु न हास्नु भएको छ ।’ दिन रात गरेर हली, बाउसे, खेतालीको जोहो गरेर रोपेको रोपोमा फेरी दैव लागेर खान नदिएको पनि उनीहरुको गुनासो छ । त्यस्तै पर्वतको खुर्कोटमा पनि मुुसाले सताउँदा दिक्क भैसकेको गुनासो ब्यक्त गर्छन्, कृषक देवि पौडेल । यसरी कैले बादरले त कैले मुसाले सताउदा कृषकहरु बाध्य भएको किसान सुजन पौडेलले बताए । ‘सरकारले कृषिमा बिभिन्न किसिमका कार्यक्रमहरु ल्याउदा गाउँका खेतिकिसानी गर्ने दाजुभाइ दिदिबहिनीमा भने कुनै रौनक छैन’, उनले भने,‘ यसो हेर्दा कतै सरकारले कृषिमा ल्याएका कार्यक्रमहरु प्रभावकारी हुन नसकेका हुन कि जस्तो लाग्न थालेको छ ।’
किसानहरुले गरेको खेति राम्रो सँग घरसम्म ल्याउन नपाउदा यी समस्याबाट जोगिन केहि कार्यक्रमहरुको ब्यवस्था गरीदिन सरोकारवाला पक्षसग पनि माग गरेको पर्वतका किसानहरु बताएका छन् ।





