बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

डेंगु नियन्त्रण गर्न २१ लाख

डेंगु नियन्त्रण गर्न २१ लाख


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०७६, शनिबार

पोखरा,७ भदौ – पोखरामा पछिल्लो एक महिनामा फैलिएको डेंगुबाट प्रदेश सरकारले पोखरामा फैलिएको डेंगु प्रकोप नियन्त्रण गर्न २१ लाख दिने भएको छ । गत बुधबारको मन्त्रिपरिषदको बैठक शुक्रबार सार्वजनिक गर्र्दै सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले रोग नियन्त्रणको लागि सूचना प्रवाह गर्न, सचेतनामूलक कार्यक्रम गर्नको लागि उक्त रकम छुट्याईएको जानकारी दिए ।
मन्त्रिपरिषदमा सामाजिक विकास मन्त्रालयले २५ लाखको प्रस्ताव लगेको थियो । तर, मन्त्रिपरिषदले २१ लाख रुपैयाँ दिने निर्णय गरेको उनले जानकारी दिए ।
पछिल्लो एक महिनामा मात्रै पोखरामा डेंगुको संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो १ महिनामा मात्रै डेंगु संक्रमितको संख्या दुई सय ६ जनामा देखिएको छ ।
डेङ्गु नियन्त्रणका लागि प्रचारप्रसार र औषधि खरीद लगायतका कार्यका लागि सरकारले उक्त रकम दिने निर्णय गरेको हो ।
पोखरामा भेटिएका डेंगु संक्रमितहरुको रगतको सेरोटाइप जाँचमा १ सय १ जनाको पोजेटिभ आएको छ । टाइप १ देखि टाईप ४ सम्म डेंगु भाइरस हुन्छ १ र २ नर्मल हुन्छ भने टाईप ३ र ४ खतरा हुन्छ ।
लामखुट्टेको वृद्धि र संक्रमण गराउने उपयुक्त मौसम भएका कारण पोखरामा डेंगु संक्रमणको उच्च जोखिम अझै रहने बताउँदै उनले सावधानी अपनाउन सरकारले आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->