आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पर्वतमा बस दुर्घटना , चालक सहित ५ घाईते

पर्वतमा बस दुर्घटना , चालक सहित ५ घाईते


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७६, बुधबार

बागलुङ,११ भदौ – पर्वतको कुस्मा नगरपालिका १ छमर्केबाट देखी बागलुङ आँउदै गरेको बस दुर्घटना हुँदा चालक सहित ५ जना घाईते भएका छन् ।
बुधवार विहान छमर्केबाट बागलुङ आउदै गरेको ग १ ख ८२५२ नम्वरको बस पर्वतको नयाँपुलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस पोखरा जाने पालो थाप्न बागलुङ तीर आउदै गरेको चालकले बताएका छन ।
सो दुर्घटनामा चालक छमर्के निवासी वर्ष २५ को श्याम खड्का सहित अन्य यात्रुहरु कुनपा २ का वर्ष २६ का यम शर्मा, वर्ष २० की सविना शर्मा निजकी डेढ वर्षकी छोरी (नाम नखुुुुलेको ) बागलुङ नगरपालिका ७ ढिकीचौरका वर्ष ५४ का प्रेम शर्मा रहेका छन् । घाईतेहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->