आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा ११ मा दौड

पोखरा ११ मा दौड


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०८३, आइतबार

पोखरा/पोखरामा भूतपूर्व सैनिक/प्रहरी, छात्र/छात्रा, खुला महिला/पुरुष ५ किलोमिटर र आमा समूहको ३ किलोमिटर दौड प्रतियोगिता भएको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार भूतपूर्व सैनिक/प्रहरी, पोखरा ११ का आमा समूह तथा टोल विकास संस्थाका महिला सदस्यहरु, छात्र–छात्रा र खुला महिला–पुरुष दौड भएको हो ।

मञ्चले गर्दै आएको साप्ताहिक तथा मासिक दौड अन्तर्गत प्रत्येक महिनाको पहिलो शनिबार यसपालि २० औँ श्रृंखला पोखरा ११ मा आयोजना गरिएको रेस डाइरेक्टर तेजबहादुर गुरुङले जानकारी दिए।फूलबारीस्थित सिद्धेश्वर शिवमन्दिर चोकबाट सुरु भएको दौड पोखराका बिभिन्न ठाउँपरिक्रमा गरी सोहि ठाउँमा पुगेर समापन भएको हो ।

दौडमा भूतपूर्व सैनिकतर्फ कमल गुरुङ पहिलो, भक्तराज गुरुङ दोस्रो र रुमबहादुर केसीतेस्रो भए । ३ किलोमिटर आमा समूह दौडमा प्राइम मन्टेसरीकी अश्मिता दस्कार पहिलो, रामेश्वर योग साधनाकी पार्वती लामिछाने दोस्रो,महाकालेश्वर आमा समूहकीसुशीला बरालले तेस्रो स्थान पाए ।

५ किलोमिटर छात्रतर्फ सिजन थापामगर पहिलो, शाहिल गुरुङ दोस्रो र कोमन गुरुङ तेस्रो हुँदा छात्रातर्फ समृद्धि मरासिनीपहिलो,कविता मगर दोस्रो र सादगी शर्माले तेस्रो स्थान पाए । खुला महिलातर्फ नितु तामाङ पहिलो,जानकी राना दोस्रो र छोटी शेर्पा तेस्रो हुँदा खुला पुरुषतर्फ दलबहादुर कुवँर पहिलो,गौतम श्रेष्ठ दोस्रो र महेन्द्रबहादुर बोगटी तेस्रो ठहरिए ।

विजेताहरूलाई पश्चिम पृतनापति उपरथि भोलानाथ थापा, पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कमाचार्य, मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट,भारतीय भूपू गोरखा बिग्रेड पोखराअध्यक्ष कृष्णबहादुर खत्री, उपाध्यक्ष मेजर गमबहादुर गुरुङ, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, मञ्चका अध्यक्ष दिलबहादुर गुरुङ लगायतले मेडल, प्रमाणपत्र तथा विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरे ।
मञ्चले आयोजना गर्ने अर्को दौड प्रतियोगिता असोज ३ गते पहिलो शनिबार पोखरा ७ मा हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->