आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ट्याक्सीमा जिपिएस ,ड्राइभरलाई अंग्रेजी र टुरिष्टको फोटो

ट्याक्सीमा जिपिएस ,ड्राइभरलाई अंग्रेजी र टुरिष्टको फोटो


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०७६, बिहिबार

पोखरा,१२ भदौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी सर्भिस गर्ने चालकहरुलाई सरकारले अंग्रेजी सिकाउने भएको छ । यस्तै, सबै ट्याक्सीहरुमा अनिवार्य रुपमा जिपिएस सिस्टम समेत जडान गरिने भएको छ । ट्याक्सी चालकहरुले जिपिएस जडित ट्याक्सीमार्फत गेष्टलाई सेवा दिनेछन् ।
विमानस्थलबाट ट्याक्सी प्रयोग गर्ने गेष्टहरु गन्तव्यमा छोडेपनि चालकले गेष्टको फोटो खिच्नेछन्, र कन्ट्रोल रुममा पठाउनेछन् । पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पोखराका पर्यटन व्यवसायीहरुसँगको छलफलमा बोल्दै यो कामलाई प्याकेजको रुपमा ल्याईने घोषणा गरेका छन् ।‘ट्याक्सीमा अनिवार्य जिपिएस, एयरपोर्ट सर्भिस गर्ने ट्याक्सीले अनिवार्य जिपिएस सिस्टम लगाउनुपर्छ । उसले आफ्ने गोष्ट कहाँ छोड्छ, त्यो गेष्टको फोटो खिचेर कन्ट्रोल रुममा पठाउँछ । यो गेष्टको सुरक्षाको लागि गरिनेछ’, उनले भने ।
यसबाहेक, विदेशी पर्यटकहरुलाई प्रभावकारी सेवा प्रवाह गर्न ट्याक्सी चालकहरुलाई सरकारले आफ्नै खर्चमा अंग्रेजी भाषा सिकाउने योजना रहेको उनले सुनाए ।‘मैले भनेको छु, एयरपोर्टको ट्याक्सीवालालाई स्पेशल ड्रेसकोड हुन्छ, दुई चार दिन खर्च गरेरै भएतापनि ईङ्लिसको तालिम दिउँ । सबै हामीले प्याकेजमा गर्दैछौँ । यो काममा हामी सकारात्मक ढंगले नै अगाडि जान्छौँ’, उनले भने ।यस्तै, उनले नेपाल एयरलाईन्सलाई जयजयकार हुने स्थितीमा पु¥याउने दाबी गरे । ‘नेपाल एयरलाईन्सका दुई विकल्प छन् । कि यसको मृत्यु हुन्छ, हामी सबै मलामी जाउँ, कि यसको जयजयकार हुन्छ, हामीले उत्सव मनाऔँ’, उनले थपे, ‘म जयजयकारको पक्षमा छु, यसको लागि कमिटी बनाएर अध्ययन गरेका छौँ, १० दिनपछि त्यसले रिपोर्ट दिन्छ । नेपाल एयरलाईन्स एउटा कम्पनीमा जानेछ र सरकार, सरकार मातहतका वित्तीय संस्था र व्यक्तिहरुको पनि लगानी गर्ने र कम्पनी मोडेलबाट सञ्चालन गरिनेछ ।’
मन्त्री भट्टराईका अनुसार कम्पनी मोडेलमा गएपछि लगानीकर्ताले नै सिईओ छान्ने र नेपाल एयरलाईन्सलाई माथि उठाउने दाबी गरे । उनले भने, ‘अझै पनि नेपाल एयरलाईन्सको दोहन गर्नु भनेको नेपाल आमाको रगत चुसे सरह हुन्छ । हामी अब सही विकल्पमा जान्छौँ ।’यस्तै, उनले फेवातालको अतिक्रमण गर्नेहरुले आफैले सरकारलाई लालपूर्जा बुझाउन आग्रह गरे । ‘२÷४ पैसाको लोभले फेवाकिनारमा भवन नबनाउनुस, किन बनाएको ? किन बनाउन दिएको ?’ उनले प्रश्न गरे । फेवाताल अतिक्रमण गर्दा व्यक्तिलाई फाईदा भएतापनि देशलाई भने नोक्सान भएको हुँदा ताल अतिक्रमण गर्ने आफैले सरकारलाई लालपूर्जा बुझाउन उनले आग्रह गरे ।
‘आज म यही कार्यक्रमबाट भनेको छु, आफैले लगेर लालपूर्जा बुझाऔँ, किनभने त्यसले जिन्दगी चल्दैन, खान दिँदैन् ।’पोखराका पर्यटन व्यवसायीहरुले मन्त्री समक्ष पोखराको पर्यटन व्यवसाय र सरकारले गर्नुपर्ने विषयमा विभिन्न १२ बुँदे माग बुझाएका थिए । यसअघि मन्त्री भट्टराईले बिहान पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका थिए । उनले अवलोकनको क्रममा समयमै काम सक्न निर्देशन दिँदै समयअघि काम सके निर्माण कम्पनीलाई रथारोहण गराउने उद्घोष पनि गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->