बागलुङ, १३ भदौ – धौलागिरी गण्डकी यातायात सेवा प्रालिको प्रथम साधारणसभा तथा अधिवेशन विहिवार बागलुङमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी प्रमुुख नवराज भट्टले यात्रुुहरुलाई सहज यात्रको लागि व्यवसायिक तथा नागरिक जिम्मेवारी पूरा गर्नूपर्नेमा जोड्दिए । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कुुमार शाही, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सदस्य केशव प्रसाद अधिकारी, राष्ट्रिय उपभोक्ता मञ्च बागलुुङका अध्यक्ष शैलेन्द्र कुुमार श्रेष्ठ, पृथ्वी राजमार्ग बस कम्पनी प्रालीका अध्यक्ष योगेन्द्र के.सी, लोकतान्त्रिक यातायात महासंघ केन्द्रिय सदस्य बलराम सापकोटाले बोलेका थिए । धौलागिरी यातायात बस व्यवसायि समिति परिवर्तन भई धौलागिरी गण्डकी यातायात सेवा प्रालिमा रुपान्तरण भएको हो । अधिवेशनले उमेश केसीको अध्यक्षतामा नयाँ संचालक समिति गठन गरेको छ । समितिको सदस्यमा घनश्याम मल्ल, उमाकान्त शर्मा ‘बाबु’, राजन जोशी, राजु तुलाचन, बाबुराम पौडेल, तुल बहादुर अधिकारी, हेम शर्मा पौडेल, छमप्रसाद शर्मा, जयबहादुर श्रेष्ठ, तिर्थबहादुर खड्का र मनोनित सदस्य नारायण खड्का रहेका छन् ।





