पोखरा,१९ साउन – पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित करवाकेली परिवारको अध्यक्षमा मेजर चन्द्र बहादुर पहरे पुन चयन भएका छन। करवाकेली परिवारको आज सम्पन्न १६ औं साधारण सभा तथा ८ औं अधिवेशनबाट पहरे पुनसहित ११ सदस्यीय समिति गठन गरिएको हो।
समितिको उपाध्यक्षमा रणसिंह गर्बुजा, सचिवमा दीपक पहरे पुन, कोषाध्यक्षमा जीत बहादुर गर्बुजा, सदस्यमा अब बहादुर गर्बुजा, दीर्घ बहादुर चोचाङ्गी, टीकाराम पूर्जा, चनमती पाईजा, ईन्द्र गर्बुजा, राम कुमारी तिलिजा र दील कुमारी पूर्जा चयन भएका छन।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मेजर पहरे पुनले आफ्नो भाषा, संस्कृतिको जर्गेनाका काममा दत्तचित्त भएर लागिरहने प्रतिवद्धता व्यक्त गरे । फिमला आमा समूहका सचिव बुद्धिमाया पहरे पुन लगायतले एकताबिना समाज, परिवार नबन्ने भएकोले सबैलाई एकतामा रहेर, समुदायको उत्थानमा लाग्न आग्रह गरिन।
सचिव दीपक पहरे पुनको संचालन, अध्यक्ष मेजर चन्द्र बहादु पहरे पुनको अध्यक्षतामा भएको कार्यक्रममा करवाकेली परिवारका पूर्व सचिव यमवीर गर्बुजालाई करवाकेली परिवारको तर्फबाट सम्मान गरिएको थियो ।





