बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मृगौला बिक्रीमा छ…

मृगौला बिक्रीमा छ…


  • कृष्ण प्रसाद शर्मा
  • साउन २१ २०७६, मंगलबार

गाउँमा अधिकांश मानिसहरूको एउटा मात्रै मृगौला छ भनेर एक जनाले सुनाए। शुरुमा लाग्यो ओहो सिङगो गाउँ नै एउटा मृगौला भएका कसरी जन्मे होलान भनेर तर पछि बुझ्दा थाहा भयो कि गरीबीका कारण एउटा मृगौला बेचेर घर खर्च चलाउने त्यो सिङगो गाउँ रहेछ । जसरी बिदेश पठाउन दालाल गाउँ–गाउँमा मान्छे खोज्न पुग्छ हो त्यसै गरेर त्यहाँ पनि भारतमा लगेर मृगौला बेच्न ग्राहक खोज्ने दलाल गाउँमै आउँदा रहेछन् । एक मृगौलाको असी हजार नेपाली दिन्छु भनेर दलालले भारत पुर्याएर मृगौलाको केवल तीस हजार नेपाली दिएर पठाएछ । यो कुनै काल्पनिक कथा होईन कि नेपालकै कुनै जिल्लाको एउटा गाउँको हो । हरेक बर्ष धेरै नेताहरू उपचारका लागी बिदेश जान्छन् । कतिपय नेताले आफ्नो जाहनको इच्छा पुरा गर्न भनेर बिदेश लैजाँदै गरेको समाचार आउँछ तर गरीबले सबै रोगको एउटै औखती सिटामोल त्यो पाउन सजिलो छैन । नबिन्द्रराज जोशी उद्योगमन्त्री हुँदाका बखत सिटामोल बनाउने कारखाना पुन संचालनमा आयो भनेर पढिएको थियो । अहिलो त्यो कारखानामा सिटामोल बन्छकी कुरा बन्छन् थाहा छैन । सरकारी अस्पतालको हालत त्यो वीर अस्पतालमा गएर हेरे पुग्छ । गाउँ–गाउँमा सिटामोल समयमा पुर्याउन सकिरहेको छैन । दुई हप्ता अघि परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली जीले आफ्ना शरीरका छ वटा अंग मरोणोप्रान्त दिने गरी दान गर्नु भएको थियो । यो राम्रो काम हो । चलिरहेको अंग निकालेर जीवन चलाउन कसलाई पो मन होला तर पनि दिन तयार छ गरीब । एउटा रोगको उपचारका लागि भर्ना भएको बिरामीलाई अर्को उपचार गर्ने देशमा आफ्नो मृगौला खुले आममा बेच्न पाए बरू घर खर्च चल्ने थियो । जनयुद्ध धनयुद्ध बनेको थाहा पाएर पछुतोमा परेका ति मान्छेहरूको शरीरमा भएको गोली निकाल्न पैसा छैन ।

शीरमा गोली छ तर खाने गोली अर्थात् सिटामोलको गोली छैन । यो अवस्थामा बाँचेका छन् गरीबहरु । प्रचण्डलाई सिङगापुरमा सुरक्षा दिन–दिनको तीन लाख दिने गरी चार जना मान्छे खटाईएको छ समाचार आएको थियो । सिङगापुरा श्रीमति सीता दाहालको रहर पुरा गर्न पुगेका प्रचण्डका लागी। बन्दुकको एउटा गोली किन्न लाग्ने खर्च करीब पाँच केजी चामल बराबर हुन्छ भनिन्छ । नेपालमा कति धेरै यस्ता मानिसहरु छन् जसले युद्धमा लागेका यस्ता गोली शरीरमै बोकेर जीवन बिताएका छन् । बलुका खाने मुखमा माड छैन तर शरीरमा कति महङगो गोली बोकेर हिँडेका छन् । त्यहीँ गोली निकाले बेच्न पाए केही दिन सिटामोलको गोली खान पाउने रहर छ कतिलाई तर रहर सबै पुरा हुन सबैका श्रीमान प्रचण्ड हुन सक्ने भएनन् सबैका श्रीमति ओनसरी मगर हुन सक्ने कुरा भएन । धनयुद्धमा आफ्ना बाबाको टाउकोमा गोली लागेका यति बर्ष हुँदा गोली निकालिदिने कोही भएनन् र उनकी छोरीले म नर्स बनेर बाबुको टाउकाको गोली निकाल्ने थिएँ तर पैसा छैन भनेर सुनाएपछि दाङकी एक नानीलाई सकेको आर्थिक सहयोग जटाउन लागेर उनले स्टाफ नर्स पढ्दैछन् । आशा गरौं पढे पछि उनले बाबुको टाउको गोली निकाल्ने छिन । यि घटनाहरूलाई मन छुने तिनै गरीब मात्रै होलान नत्र भारतमा बस्दा प्रचण्डको सुरक्षागार्ड भएका मान्छे अहिले मृगौला फेर्न नपाएर हारगुहार गर्नुपर्ने थिएन होला । मृगौला बिक्रीमा छ यो अधिकांश गरीबको भित्री बाध्यता हो । जसरी फलफूल र तरकारी बिक्रीका लागी चोकमा चिच्चाउन सक्छन् त्यसरी चोकमा उभिएर चर्को स्वरमा मृगौला बिक्रीमा छ भनेर चर्को रुपमा नबोले पनि भित्री रुपमा भन्न बाध्य छन् । यो लेख लेखिराख्दा भर्खर एउटा समाचार पढें । राष्ट्रपति लगायत उच्च पदस्थहरूको सुविधामा वृद्धि भनेर । द्वन्दकालमा पुष्पकमल दाहाललाई दिल्लीमा सेल्टर दिने जयबहादुर मृगौला फर्ने १५ लाख नभएर छटपटाईरहेका छन् यो समाचार आउँदा प्रचण्ड सिङगापुरमा छन् । गरीबले बाँच्न पाउने कुरा यहाँ कसैले प्राथमिकतामा राख्दैन । सुत्केरी हुन नसकेर हुम्लाबाट हेलिकप्टरमा आमालाई काठमाण्डौ ल्याई पुर्याएर तर बच्चाको मृत्यु भनेर समाचार आएको छ । लाखौंमा एक दुई जना हेलिकप्टरमा ल्याएर के गर्ने । माधव नेपालले एक पटक सुत्केरी आमालाई ल्याएको खबर आएको थियो । जसलाई समस्या थियो उहाँलाई भन्नु छैन तर देश कायापलट गर्न भनेर कम्युनिष्ट पाटीमा लागेर करीब बीस बर्ष पाटीको महासचिब बनेका मान्छेल कुनै एक व्यक्ति ल्याउनुले समस्या समाधान हुँदैन । हालका प्रम केपी ओलीलाई कसैले मृगौला दान दिएका कारण आजसम्म बाँच्नु भएको छ । दान दिन मन त धेरै गरीबको होला तर घर परिवार पाल्न दान दिएर नपालिने हुँदा खुलेआम मृगौलाको व्यापार गर्न पाउनु पर्यो भन्ने माग गरौं । प्रदेश चारका मुख्यमन्त्रीले पोखरालाई ईन्टरटेन्मेन्ट जोन बनाउनका लागी देह व्यापारलाई पनि व्यवस्थित गरौं भन्नु भा’छ भन्ने कुरा आएको थियो ।
सरकारले जसरी युवाहरू खाडी पठाईराछ त्यसरी नै मृगौलाको निर्यात गरे हुन्थ्यो जसका कारण गरीब त बाँच्ने थिए यो आईडी कुनै नेतामा नआउला भन्न सकिन्न । ठूला मान्छेको सडकको जाम, ठूला मान्छेको सुविधा वृद्धि, ठूलाबढाको बिदेश भ्रमण,उच्चहरूको सेवासुविधा थप आदी समाचारले कुनै बर्ष पनि छोड्दैन । साधारण रुघाखोकी र पखलाले जीवन लिईरहेको छ । मर्न गरीबलाई कुनै ठूलो रोग लाग्नु पर्दैन । एउटै देशमा कार्णालीमा बस्ने मान्छेको आयु र काठमाण्डौमा बस्नेको आयु कति फरक छ । यता युबा नेता भनिरहँदा उमेरले पचास काटीसकेको हुन्छ तर उता चालिसमा अब मर्ने बेला भयो भनेर बसिसकेका हुन्छन् । यो देख्दा देख्दा हरेक बर्ष बिदेशमा उपचारका लागी नेताहरू पुग्नु शरमकै कुरा हो तर भईरहेको छ । सरकारले बीमाको कार्यक्रम ल्याएको थियो । बीमाले कतिपयलाई सहयोग नै भएको छ तर गम्भीर रोग लागेका नेपालीले थला परेर बस्नुबाहेक अरू कुनै उपाय छ । राज्यले एक पटक सम्पुर्ण नेपालीको अनिवार्य मृगौला परिक्षणको कार्यक्रम ल्याउने हो भने देशमा कति डरलाग्दो रुपमा नेपालीको समस्या थाहा हुनेछ । महिलाको पाठेघरको समस्या जस्तो बिकराल छ त्यस्तै छ अरू समस्या पनि । राज्यले स्वास्थ जस्तो क्षेत्रमा उपन्द्र यादब जस्तो व्यक्तिलाई भाउ पुर्याउन दिनु नै दुर्भाग्य हो तर यसबारे कसैलाई वास्ता छैन । किन उपाचार पाउँ नत्र मृगौला बेच्न पाउँ यो दिन पक्कै आउने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->