बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कुटपीटमा संलग्न ४ जना पक्राउ

कुटपीटमा संलग्न ४ जना पक्राउ


  • संजय रेग्मी
  • साउन २८ २०७६, मंगलबार

पर्वत,२८ साउन – जिल्ला प्रहरी कार्यालय पर्वतले मादक पदार्थ सेवन गरी कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।आईतबार राती पर्वतको जलजला गाउँपालिका ४ लामाखेतका १७ बर्षिय पावल बि.क.लाई कुटपिट गरेको आरोपमा उनीहरुलाई सोमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । प्रहरी निरीक्षक रायमाझीका अनुसार पक्राउ पर्नेमा लामाखेतकै ३३ बर्षिय तेजेन जुग्जाली, २० बर्षिय राजु पुन, ३९ बर्षिय कबिन गर्वुजा र २४ बर्षिय अमित फगामी रहेका छन् । उनीहरुले आईतबार साँझ पवलमाथि चिरपट दाउराले टाउकोमा प्रहार गरेको र वारी बेनीबाट खटीएको प्रहरी टोलीले आप्mनै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाईते बि.क.लाई जिल्ला अस्पताल म्याग्दीमा प्राथमिक उपचारपछि थप उपचारको लागी गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा उपचारपश्चात डिस्चार्ज भएका छन्। प्रतिवादीहरु चारै जनालाई जिल्ला प्रशासन कार्यालय पर्वतबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत १० दिनको म्याद लिएर अनुषन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->