बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कालीगण्डकी प्रशारण करिडोरकोे ‘पोखरेबगरमा’ टावर निर्माणको बैकल्पिक मार्गबारे अध्ययन सुरु

कालीगण्डकी प्रशारण करिडोरकोे ‘पोखरेबगरमा’ टावर निर्माणको बैकल्पिक मार्गबारे अध्ययन सुरु


  • ध्रुबसागर शर्मा
  • भाद्र २३ २०७६, सोमबार
फाईल तस्विर

म्याग्दी, २३ भदौ –  बहुचर्चित कालिगण्डकी प्रशारण करिडोरको दाना–खुर्कोट प्रसारण लाइन अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको बैकल्पिक मार्गबारे अध्ययन सुरु गरिएको छ ।
टावर निर्माणका कारण बस्ती र जग्गा जोखिममा परेको भन्दै स्थानीयले उचित क्षतिपूर्तिका लागि टावर निर्माणमा अवरोध पु¥याएपछि सम्भावित टावर निर्माणको स्थानमा अध्ययन सुरु गरिएको हो ।
आयोजनाको तर्फबाट ५ जना र प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको तर्फबाट ५ जनाको टोली बनाएर पोखरेबगर र रातोपानी क्षेत्रमा टावर निर्माण र प्रशारण लाइनको लागि बैकल्पिक मार्गको अध्ययन थालिएको अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।
अहिले पोखरेबगरमा प्रस्तावित ठाउँमा टावर निर्माण गर्दा ५ घर परिवार विस्थापित हुनुको साथै गाउँपालिकाको भवन निर्माणस्थल र शिव मन्दिरसमेत प्रत्येक्ष रुपमा प्रभावित हुने भएकाले बैकल्पिक ठाउँबाट लाइन लैजाने गरि विकल्प दिईएको वडाअध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता बरुवालले जानकारी दिए ।
अध्ययन टोलीका सदस्य समेत रहेका वडा अध्यक्ष बरुवालका अनुसार, प्रस्ताब गरिएको नयाँ बैकल्पिक रुटबारे प्राविधिक अध्ययन गरी उपयुक्त देखिए अहिले प्रशारण लाइनको प्रस्तावित टावरलाई स्थानान्तरण गरि निर्माण गर्न आयोजना र स्थानीयबासीबिच सहमती भएको छ ।

प्रशारण लाइनमा अबरोध सिर्जना भएपछि प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको आयोजना प्रभावित स्थानीय, जनप्रतिनिधि, आयोजना, एशीयाली विकास बैँक र परियोजना सुपरिवेक्षण परामर्शदाताका प्रतिनिधिहरुबिच बृहत छलफल भएको थियो ।
सो छलफलमा स्थानीयवासीको मागअनुसार टावर र प्रसारण लाइनको नक्सा परिवर्तन गर्न आर्थिक, प्राविधिक, सामाजिक र वातावरणीय हिसाबले सम्भव भए÷नभएको विषयमा स्थलगत अध्ययन गर्न सहमती भए अनुसारको अध्ययनको काम सुरु भएको प्रजिअ ढकालले बताए ।
नयाँ बैकल्पिक रुटको अध्ययन गरि टावर ४१ ए देखि ४३ सम्मकोे रुटमा बैकल्पिक अथवा प्रस्तावित कुन रुट उपयुक्त हुने भन्ने निक्यौल हुने बताईएको छ । अध्ययनको निचोड अनुसार नै विवादीत बनेको टावर निर्माणलाई अघि बढाउन आयोजना र प्रभावित स्थानीयबिच सहमत भएका छन् । म्याग्दी र मुस्ताङमा उत्पादित विद्युत लाई राष्ट्रिय प्रशारणमा जोड्न निर्माणधिन यस क्षेत्रको जलविद्युत विकासको प्रमुख आधार मानिएको प्रशारण लाइन निर्माणको क्रममा पोखरेबगर र रातोपानीमा स्थानीयको अवरोधका कारण टावर निर्माण कार्य रोकिएको छ ।
सन् २०१८ को नोभेम्बरमा नै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा टावर र सबस्टेशन निर्माण र तार तान्ने कामले गति लिएको भएपनि ढिलाई र स्थानीयको विवादले निर्माण कार्य एक वर्ष भन्दा बढी समय पछि धकेलिएको छ । दानादेखि खुर्कोटसम्मको ३९ किलोमिटर दूरीमा रहेका ११० वटा टावरमध्ये १०३ टावर निर्माण भइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->