मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कर्ममा विश्वास गर्ने वडाध्यक्ष

कर्ममा विश्वास गर्ने वडाध्यक्ष


  • संजय रेग्मी
  • भाद्र २४ २०७६, मंगलबार

पर्वत,२४ भदौ-  पर्वतको कुस्मा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष सुवासचन्द्र पौडेल हुन् । वडाध्यक्ष हुनुभन्दा पहिलेबाट नै कृषि कर्ममा तल्लिन उनी वडाध्यक्ष भएपछि झनै सफल कृषक बनेका छन् । धेरै नेताहरुले भाषण गर्ने बेलामा कृषि कर्मबाट देशमा समृद्धि आउने बताउँछन्, तर उनीहरुलाई करेसाबारी भन्ने के हो ? सम्म पनि थाहा छैन् । तर पौडेल भने जिल्लाकै सफल कृषक अन्तरगत पर्दछन् । लामो समयदेखि गाईपालन गर्दै आएका उनले गएको मंसिर महिनाबाट ठूलो लगानीमा तरकारी खेतीको पनि सुरुवात गरिसकेका छन् ।

बिहानै उठेपछि गाई फार्म र तरकारी लगाइएका टनेलमा पुगेर आवश्यक काम गर्छन उनी । गोठमा जाँदा गोबरको व्यवस्थापन गर्ने, गाईलाई घाँस दिने, पानी दिने काम गर्ने उनले तरकारी फार्ममा जाँदा सिचाईँ गर्ने, तयार भएका तरकारीहरु टिपेर बजार पठाउन तयार गर्ने, तरकारी बारीमा कुहिएका वा सुकेका बिरुवा भएमा बाहिर निकाल्ने, आवश्यकता अनुसार काँटछाँट गर्ने लगायतका काम गर्छन् । जनप्रतिनिधि भएका कारण दिउसोको समयमा वडा कार्यालयमा समय दिन्छन । बिहान बेलुका पनि परेको बेलामा बिभिन्न कार्यक्रमहरुमा सहभागी हुन पुग्छन । फुर्सद हुँदा साथ आपूmलाई कर्म गर्न सिकाएको र सफल बनाएको फार्ममा नै पुग्छन् ।

तत्कालीन एमालेबाट स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी हुनुको एउटा प्रभाव उनको मिहिनेतीपन पनि हो । आप्mनो घरमा यतिका मिहिनेत गरेर काम गर्ने मान्छेले वडामा बसेर जनताका काम कसरी नगर्ला ? यही सोचेर पनि पौडेललाई स्थानीयले जनमत दिए । राजनीति गर्ने मान्छेले प्राय भाषणहरूमा ठुला–ठुला कुरा गरेर कृषि र औद्योगिक क्रान्तिका कुरा गरिरहँदा उनीहरू आपैmले त्यसलाई व्यवहारमा उतार्न सकिरहेका छैनन् । तर पौडेलले भने कहीँ पनि भाषण गर्नुप¥यो भने युवा तथा महिला उद्यमलाई बढी जोड दिन्छन्, केही न केही काम गरेर व्यस्त रहँदा मात्र कामप्रतिको जोस पलाउने बताउँछन् ।

पौडेल युवा धेरैका लागि उदाहरणका पात्र बनेका छन् । जिल्लाका विभिन्न स्थानका कृषकहरू सदरमुकाम कुस्मा आएको मौका परेमा उनको फार्ममा पुगेरै छाड्छन् । पौडेल र उनको समूहले पनि झर्को नमानीकन आपूmहरुले जानेका कुरा सिक्न जानेहरूलाई सिकाउँदै कृषि कर्मप्रति प्रेरित गर्छन् ।

पौडेलको गाई फार्ममा अहिले ८ ओटा गाई रहेको भए पनि अब सङ्ख्या थप गरेर १५ ओटा पु¥याउन लागिएको छ । उनको गोठमा पालिएका होलेस्टेन र जर्सी जातका गाईले अहिले दैनिक चार सय लिटरसम्म दूध दिएका छन् । बिक्री हुने जति दूधलाई बिक्रीका लागि नजिकैको सदरमुकाम कुस्मा बजार र स्थानीय खरेहा बजारमा बिक्री गरेपछि बाँकी रहेको दूधबाट अरू परिकार तयार गरिन्छ । बाँकी रहेको दूधबाट दही, पनिर र खुवा बनाइने र तिनीहरूको पनि बजारमा राम्रो माग रहेको वडाध्यक्ष पौडेल बताउँछन् । खुवा अर्थात कुराउनी आवश्यक परेमा किन्न पाइने ठाउँ जिल्लामै एक मात्र ठाउँ स्वर्ग फार्म हो भने एक किलो खुवाको मूल्य हजार रुपैयाँ रहेको छ। कृषिबाट सफल बन्नुमा उनको सहकार्यको नीति हो । ‘ससुरालको बुबा र आमा पनि सँगै हुनुहुन्छ, उहाँहरूसँग सहकार्य गरेर काम गरिरहेको छु । वडाध्यक्ष भएपछि पहिले जस्तो समय दिन पाएको छैन ।’ उनले भने, ‘गाई फार्ममा ससुरा बुबा र आमासँग मिलेको छु, तरकारी खेतीमा फेरि अरू नै दुई जना साथीहरूसँग सहकार्य गरेको छु ।’

गाई पालन भन्दा ठुलो लगानीमा पौडेलले तरकारी खेतीको बिस्तार गरेका छन् । पहिलेबाट गाईपालनमा रमाएका उनले तरकारी खेतीमा पनि बानी बसाएको केही महिना मात्र भएको छ । गत मङ्सिरदेखि भदौसम्मको अवधिमा तरकारी खेतीमा २८ लाख भन्दा बढीको लगानी भएको छ भने यसमा तीन जना हिस्सेदार रहेका छन् । वडाध्यक्ष पौडेल सहित हिस्सेदारहरू नीलराज पुरी र सागर पौडेलले पनि तरकारी खेतीमा सहकार्य गरेका छन्। यही कारण पनि पौडेललाई सजिलो भएको छ । ‘म त दिउसोमा हुन नै पाउँदिन बिहान बेलुका फार्ममा हुन्छु ।’ उनले भने, ‘म सहकार्यमा विश्वास गर्ने मान्छे हो, अरू पनि इच्छुक भएमा हामी शेयरमा सहकार्य गर्न तयार छौँ ।’ ‘स्वर्ग अर्ग्यानिक कृषि तथा पशु फर्म’ को नाममा सञ्चालन गरिएको उनीहरूको तरकारी बारीमा कुनै पनि प्रकारको बिषदीको प्रयोग गरिएको छैन् । यही कारण तरकारी बारीमा फलेका तरकारीलाई बजारसम्म लैजानै नपर्ने अवस्था छ। सुवासँग सहकार्य गरिरहेका नीलराज भन्छन, ‘हामीले गँड्यौला मल सहितका प्राङगारिक मलहरू प्रयोग गर्ने गरेका छौँ। हाम्रो फार्ममा अहिलेसम्म विषादी प्रयोग गरेका छैनौँ ।’ उनले भने, ‘फलाउन सके जति पनि बिक्री हुने गरेको छ। तरकारी लिन व्यापारी र उपभोक्ता आपैm फार्ममा आउनुहुन्छ, बजारको समस्या कहिलेकाहीँ मात्र हो ।’

स्वर्ग फार्ममा घिरौँला, करेला, लौका, बोडी, टमाटर, क्याप्सीकम, कुरिलो, भन्टा, रामतोरिया, साग, काउली लगायतका धेरै प्रकारका तरकारीहरू फलाउने गरिएको छ । ५ ओटा ग्रिन हाउस हाई टेक टनेल र ६ ओटा सामान्य खालका गरी ११ ओटा टनेलमा हरियाली छ। लटरम्म तरकारी फलेका छन् । तरकारी फार्मबाट मात्र मासिक झन्डै डेढ लाख भन्दाको बढीको कारोबार हुने गरेको फार्मका शेयर सदस्य सागर पौडेल बताउँछन् । ‘तरकारी खेतीलाई अझै बिस्तार गर्न लागिरहेका छौँ, अहिलेको अवस्थामा मात्रै पनि महिनामा डेढ लाख भन्दा बढीको कारोबार हुने गरेको छ ।’ पौडेल भन्छन, ‘महिनामा कम्तीमा पनि पचास हजार भन्दा बढी बचत हुने गरेको छ। अब टनेल र खेतीको बिस्तारसँगै बचत र लगानीमा पनि वृद्धि हुने छ ।’

तरकारी खेती सफल हुनुमा तीनै जनाको योगदान महत्त्वपूर्ण रहेको उनीहरू बताउँछन् । सुवासचन्द्र पौडेल वडाध्यक्ष भएर पनि बिहान बेलुका तथा बिदाको दिनमा टनेलभित्र छिरेर आपैm काम गर्छन् । टमाटरका हाँगा काँटछाँट गर्छन्, सिचाईँको व्यवस्थापन मिलाउँछन्, टनेलभित्र सुकेका वा कुहिएका हाँगा वा बिरुवा भएमा हटाउँछन् । उनीजस्तै अर्का लगानीकर्ता नीलराज पनि उत्तिकै खटिरहेका हुन्छन् । तीन जना शेयर सदस्यमध्ये तरकारीको बारेमा सबैभन्दा अनुभवी व्यक्ति भने नीलराज नै हुन् । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबियामा पाँच वर्ष, दुबईमा दुई वर्ष तथा विदेशबाट फर्किएपछि नेपालमा तेह्र वर्षदेखि तरकारी खेती गरिरहेका उनले विदेश बसाइमा पनि कृषि क्षेत्रमा नै काम गरेका थिए। उनले त्यही सीपलाई स्वदेशमा लगाएका छन् । अर्का लगानीकर्ता सागरले अहिलेको अवस्थाले मात्र सन्तुष्ट हुन नसकिने बताउँदै अब फार्ममा पूmलखेती र स्थानीय जातको कुखुरा पालनको पनि बिस्तार गर्ने तयारी गरिएको बताए ।

तरकारी खेतीमा त्यति धेरै चुनौती नरहेको भए पनि कहिलेकाहीँ बजारको अभावले समस्या उत्पन्न गराउने वडाध्यक्ष पौडेलको भनाई छ । ‘मेरो चिनजानको कारण पनि हाम्रो फार्मको तरकारीले राम्रो बजार पाएको होला, हामीलाई त बजारको समस्या छैन् ।’ उनले भने, ‘हामीले हाम्रो मात्र कुरा गरेर त भएन, अरू कृषकहरूको समस्या र गुनासा सुन्दा कहिलेकाहीँ बजारको समस्या हुने गरेको बताउँछन् ।’ उनको अनुभवमा कुनै पनि बिषदीको प्रयोग नगरीकन अर्ग्यानिक रूपमा तरकारीको उत्पादन गर्दा बजार राम्रो पाउने गरेको भए पनि उत्पादन भन्दा झन्डै पचास प्रतिशत कम हुन्छ । आपूmहरुले तरकारीमा विषादीको सट्टा गाईको गहुँतलाई पाइप मार्पmत टनेलमा नै छिराएका कारण मात्रै उत्पादन धानिएको पौडेलले बताए ।

पहिले विदेशमा बसेर समेत आएका कारण नीलराज र विष्णु दुवैले कोही पनि युवालाई विदेशमा नजान सुझाव दिन्छन् । काम गर्ने तरिका जान्ने हो भने खासै दुःख नहुने तर आम्दानी राम्रो हुने भएकोले अरूको जस्तै भन्दा पनि अरूको भन्दा फरक तरिकाले खेतीमा लाग्नुपर्ने उनीहरू सुझाउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->