बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेनीबजारमा ट्याक्टर आतंक

बेनीबजारमा ट्याक्टर आतंक


  • ध्रुबसागर शर्मा
  • भाद्र २५ २०७६, बुधबार
sfnLu08sL / DofUbL gbLsf] bf]efgdf /x]sf] ;'Gb/ gu/L a]gLahf/sf] b[Zo . Tf:jL/ M w'|a;fu/ zdf{,/f;;,un]ZJf/,DofUbL -u08sL k|b]z_

म्याग्दी, २५ भदौ – साँघुरो बेनीबजारमा दैनिकजसो जाम हुन्छ । विद्यालय समयमा बजारक्षेत्रभित्र ठूला सवारीसाधन आवतजावतमा रोक लगाइएपनि निजी विद्यालयका बस तथा ट्याक्टरले बजार क्षेत्रको ट्राफिक ब्यवस्थापनमा झनै चुनौती थपिएको छ।
बजारमा ठूला सवारीसाधनको जामसँगै ट्याक्टर आतंकले सवारीसाधनमा आवतजावत गर्ने देखि पैदलयात्रीलाई समेत सास्ती हुने गरेको छ । विपरित दिशा तर्फ बाट हुईकिएर आएको ट्याक्टरबाट सर्वसाधारण देखि सवारीसाधनमा आवतजावत गर्ने यात्रुलाई समेत सकस हुने गरेको छ । ट्राफिक प्रहरीले विद्यालय समयभित्र ठूला सवारीसाधनलाई बजारक्षेत्र भित्र प्रवेशमा रोक लगाएपछि ब्यस्त समयमा ट्याक्टरको गतिले समस्या भएको बजारबासीको भनाई छ ।
‘ट्याक्टरको आतंक धेरै भयो,सबै सवारीसाधनको गति नियन्त्रण आवश्यक छ’ न्यूरोडका प्रकाश पौडेलले भने । उनका अनुसार मोटरसाईकलको स्वरुप परिवर्तन, विद्यालयका बसको प्रतिष्पर्धा तथा लाइसेन्स समेत नभएका ट्याक्टरका चालकले तिब्र गतिलाई नियन्णत्र गर्नुपर्ने बताए । साँधुरो सडक भएकाले कुनैपनि बेला दुर्घटनाको जोखिम रहेकाले दिउँसोको समयमा समेत ठूला सवारीसाधनको ब्यवस्थापन आवश्यक रहेको बजारबासीको भनाई छ ।
बजार क्षेत्रमा घण्टौसम्म ठूला सवारीसाधनहरु रोकेर राख्दा पैदल तथा साना सवारीसाधनलाई आवतजावतमा समस्या भएको अवस्थामा पछिल्लो समय ट्याक्टरको आतंकले समेत थप समस्या भएको स्थानीयको भनाई छ ।
गति नियन्त्रण गर्ने उपकरणको अभावका कारण लाइसेन्स विनाका ट्याक्टर चालकले हावामा उडेजस्तै गरी ट्याक्टर चलाउँदा समस्या भएको गुनासो आउन थालेको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।
‘नियन्त्रणका लागि निर्देशन दिएको छु,ट्याक्टरको गति नियन्त्रण गर्नुपर्ने गुनासो धेरै छ’ उनले भने । ट्याक्टरको पछिल्लो भाग गति धेरै हुदाँ आसपासमा समेत पुग्न सक्ने सम्भावना भएकाले ट्याक्टरलाई सकेसम्म ब्यस्त समयमा बजार क्षेत्रमा प्रवेशमा रोक लगाउनुपर्ने सरोकारवाला निकायको भनाई छ । ठूला सवारीसाधनले ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने र बजारभित्र एकैपटक ठूला सवारीसाधन प्रवेश गर्दा, हुलाकचोक, न्यूरोड, संगमचोक, गणेशटोल लगाएतका क्षेत्रमा दैनिकजसो जाम हुने गरेको छ । ट्याक्टर ब्यवसायी संघ समेत निस्कृय अवस्थामा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->