शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नेकपाको पार्टी सुदृढिकरण अभियान हरिचौरमा

नेकपाको पार्टी सुदृढिकरण अभियान हरिचौरमा


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०७६, मंगलबार

गलकोट,३१ भदौ – नेपाल कम्यूनिष्ट पार्टीको संगठन सुदृढिकरण अभियान अन्तरगत गल्कोट नगरपालिका वडा नं.५ हरिचौरमा कार्यकर्ता भेला तथा छलफल कार्यक्रम संपन्न भएको छ । कार्यक्रममा बोल्दै जिल्ला सचिव ज्ञामनाथ गैरे अनिलले पार्टीको संगठन विस्तार अभियानमा सवै एकजुट भएर लाग्नुपर्ने बताए। नेपाल सरकारको निति कार्यक्रमलाई पारदर्शी ढङ्गले वडा तहमा कार्यन्वयन गर्नुपर्ने भन्दै पार्टी र जनप्रतिनिधि बिच समन्वय गर्नुपर्ने उनको भनाई थियो । बर्तमान सरकारले परिबर्तनको महसूस दिलाउने गरि कार्य गरिरहेको अवस्थामा बिरोधी तत्वको भ्रमको पछि नालागी सरकारको अभियानमा साथ दिन कार्यकर्तालाइ उनले आग्रह गरे ।
भेलामा बोल्दै प्रदेश कमिटी सदस्य फमलाल निउरे ,गलकोट नगर कमिटी अध्यक्ष ललित श्रीस ,नगर सचिव डम्बर श्रीष ,कार्यालय सदस्य कौशिला घर्तिले आर्थिक सम्मृद्धि र दिगो विकासका लागि वर्तमान सरकार लागि परेको दाबी गरे । उनिहरुले बर्तमान सरकार र नेकपाको बिकल्प नरहेको भन्दै एकीकृत भएर पार्टीको गतिविधि र सरकारको काममा साथ दिनुपर्ने धारणा राखेका थिए । भेलाले वडा कमितिको कार्यालय स्थापना ,संगठित सदस्यको ब्यबस्थापन ,विकास निर्माणका योजना चयन र माग गर्ने तथा विकास निर्माणका कार्यमा साझेदारी गर्ने निर्णय गरेको छ ।
भेला वडा कमिटी अध्यक्ष पूर्ण काउचाको अध्यक्षता ,सचिव सचिन शर्माको संचालन र नगर सदस्य सबिना काउचाको स्वागतमा संपन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->