शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पूर्व जनमुक्ति सेनाका कमाण्डर अधिकारी बने नेपाली सेनाको ब्रिगेडियर जनरल

पूर्व जनमुक्ति सेनाका कमाण्डर अधिकारी बने नेपाली सेनाको ब्रिगेडियर जनरल


  • Dhorpatan News
  • असोज २ २०७६, बिहिबार

पोखरा, २ असोज – सरकारले सेना समायोजमा पूर्व लडाकुका तर्फबाट प्रतिनिधित्व गर्ने जनमुक्ति सेनाका तत्कालिन डिभिजन कमान्डर यमबहादुर अधिकारीलाई नेपाली सेनाको महासेनानी (फुल कर्णल) बाट सहायक रथि (ब्रिगेडियर जर्नेल) मा बढुवा गरेको छ। सरकारले ४ वर्षका लागि विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथिमा बढुवा गरेको हो।
सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले महासेनानी अधिकारीलाई सहायक रथिमा बढुवा गरेको जानकारी दिए। सेना समायोजनमा समाहित भएका उनी उपसेनानी बनेका थिए। त्यसपछि, सेनानी, प्रमुख सेनानी, महासेनानी हुँदै उनी सहायक रथिमा बढुवा भएका हुन्। माओवादी शान्ति पक्रियामा आएपछि अधिकारी सात शिविरमध्ये इलामको चुलाचुली शिविरका कमान्डर थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->