शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

कांग्रेस कम्युनिष्ट विचारबिहीन : चेमजोङ

कांग्रेस कम्युनिष्ट विचारबिहीन : चेमजोङ


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०७६, शनिबार

पोखरा,४ असोज – समाजवादी पार्टीका उपाध्यक्ष रकम चेमजोङले कांग्रेस, कम्युनिष्ट पार्टीहरु विचारबिहीन पार्टीहरु भएकोले जनताको पक्षमा उभिन वैकल्पिक शक्तिको रुपमा समाजवादी पार्टी तेश्रो ठूलो शक्ति भएर उदाएको दावि गरेका छन ।
समाजवादी पार्टी गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको ‘संविधान संशोधन आवश्यकता र अपरिहार्यता’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वमन्त्री समेत रहेका चेमजोङले सर्वहाराका लागि लड्छु भनेर लडेका नेताहरु सर्वहारा छोडेर कमाउ धन्दामा लागेको आरोप लगाए ।‘उनीहरु विचारबिहीन भईसके, सत्ताको बलको आधारमा कमाउ धन्दामा लागेका छन्’, उनले भने,‘भ्रष्टाचारमा डुबेका छन्,उनीहरुको विचार स्खलित भएको छ, अब उनीहरु टिक्दैनन् ।’ मुलुकभर संविधान दिवस मनाई रहँदा राजपाले कालोदिनको रुपमा किन मनायो ? सरकारले मतलव गरेन, हामी संविधान अपूरो छ भनेर सर्तसहित सरकारमा गयौँ, त्यहीँबाट आफ्नो माग पूरा गराई छाड्छौँ भनेर लागिरहेका छौँ, चेमजोङले भने,‘संविधान दिवसको अवसरमा संविधान दिवस मनाउने रहर हामीलाई पनि थियो तर संविधान अपूर्ण भएकोले संशोधनको माग गर्दै सातै प्रदशेमा छलफल चलायौँ ।’ उदेश्य पूरा नहुञ्जे सरकार, सदन र सडकमा लोकतान्त्रिक आन्दोलनको बाटोलाई अंगालेर आन्दोलन गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->