शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

महराको राजीनामापछि मुख्यमन्त्रीले भने, ‘शक्ति, सम्पत्ति र यौनबाट बचौँ’

महराको राजीनामापछि मुख्यमन्त्रीले भने, ‘शक्ति, सम्पत्ति र यौनबाट बचौँ’


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०७६, बुधबार

पोखरा,१५ असोज – यौनकाण्डमा मुछिएका संघीय संसद सभामुख कृष्णबहादुर महराको राजीनामासँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शक्ति, सम्पत्ति र यौनबाट बच्न सबै सांसदहरुलाई आग्रह गरेका छन् ।
आफ्नै कर्मचारीले यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि सभामुख महराले मंगलबार नै राजीनामा दिईसकेका छन् । महराले राजीनामा दिँदै गर्दा गण्डकीमा भने प्रदेशसभाको बैठक चल्दै थियो । मंगलबारबाट नै गण्डकीको बजेट अधिवेशन सकिने हुँदा प्रदेशसभालाई सम्बोधन गर्न मुख्यमन्त्री पनि प्रदेशसभा बैठकमा पुगेका थिए ।
देशको भिभिआईपी यौनकाण्डबारे जानकार मुख्यमन्त्री गुरुङले रोष्टममा पुगेपछि प्रदेशसभा सदस्यहरुलाई तीनवटा कुराबाट बच्न सुझाव दिए ।
“एउटा कुरामा सचेत होऔँ, शक्ति, सम्पत्ति र यौनले मान्छेलाई चाहिँ समाप्त पार्छ, शक्तिको गुणगान, सम्पत्तिको लोभ, यौनमा मान्छे पथभ्रष्ट भयो भने त्यो मान्छे समाप्त हुन्छ ।” उनले भने ।
यी तीनै कुराबाट राजनीतिज्ञहरु बच्नुपर्ने उनले बताए । मुख्यमन्त्री गुरुङले भने, “यो चाहिँ राजनीतिज्ञलाई भनेको हो । किनभने, एउटा व्यापारीले शक्ति कहाँबाट पाउँछ ? उसले सम्पत्ति कमाउने होला, यौनमा भ्रष्ट हुने होला ।”
महराको यौनकाण्डप्रति मुख्यमन्त्रीले भने, “यस्ता दुर्गन्धित कुराहरु चाहिँ हो कि होइन थाहा छैन, प्रचार भएको छ । नभएतापनि हामीले नपत्याउने भईसकेका छौँ । होलाहोला, भएरै होला, भयो भयो, यस्ताउस्ता कुराहरु गरेको छ । मान्छेको मन यस्तो भईसक्यो कि यो अपराधी नै हो, बिगे्रकै हो, बिग्रियो । भन्ने भईसक्यो ।” उनले थपे, “त्यसकारणले नगरेको भए पनि यसप्रकारले उठिसक्यो कि, यसबाट लिनुपर्ने शिक्षा यो हो कि शक्ति, पावर मिसयुज गर्ने भन्ने हुन्छ नि, पावर मिसयुज गर्न खोज्दाखेरि संसारमा ठुलाठुला तानाशाह जन्मेको, ठुलोठुलो व्यवस्था ढलेको ।”
दोश्रो विश्वयुद्ध पनि शक्तिको अलावा यौनकै कारण सुरु भएको उनले जिकिर गरे । “कतिले भन्छन, दोश्रो विश्वयुद्ध यौनको कारणले सुरु भएको भन्ने पनि छ । ईतिहास पढ्नुभएको छ कि छैन ? शक्तिको कारणले पनि हुँदै हो । कतिपय मानव सम्पत्तिको कारणले पनि हुनेगर्दछ ।”
सम्बोधनसँगै उनले गण्डकीका सांसदहरुलाई यसबाट बच्न पनि आग्रह गरेका छन् । “हामी सबैले यो तीनवटा बच्ने प्रण गरौँ न आज ।” उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->