कुश्मा, १६ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतको आयोजनामा विहिवार सदरमुकाम कुश्माबजारमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वोल्ने वक्ताहरुले बिजयादशमी, नेपाल सम्वत, दिपावली र छठ लगायतका चाडपर्वले सवैमा देशलाई सम्बृद्ध बनाएरै छाड्ने अठोट प्राप्त होस भनी शुभकामना ब्यक्त गरे । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा पर्वत इन्चार्ज गुप्तबहादुर हमाल ठकुरीले देशलाई सम्बृद्ध बनाउनका लागि सरकारले दिर्घकालिन योजनाहरु अघि सारेको चर्चा गर्दै यी चाडपर्वले पनि हामी सवैलाई सोही दिशामा अगाडि वढ्न प्रेरणा प्रदान होस भने । देशलाई सम्बृुद्ध बनाउनका लागि दिर्घकालिन योजना सहित सरकार अघि बढेको छ’ उनले भने, सरकारका योजनाबाट अत्तालिएका बिपक्षी तथा पुरातनवादी सोच भएकाहरुले केही कम्जोरी देखाएर सरकारलाई नै असफल बनाउने कुचेष्टा गरेका छन, देशलाई आर्थिक हिसाबले सम्बृद्ध नबनाउँदासम्म संबिधान कार्यान्वयन हुन सक्दैन।
कार्यक्रममा प्रतिनिधीसभाका सदस्य तथा नेकपा पर्वतका अध्यक्ष पदम गिरीले सरकारले राष्ट्रिय स्वाधिनता सहितको सबल अर्थतन्त्र निर्माणका लागि महत्वपुर्ण उपलब्धी हासिल गरिसकेको वताए । यो सरकार पाँच बर्ष चल्ने भएकाले झिना मसिना बिषयमा सरकारलाई बद्नाम गराउन खोज्नेहरुलाई सम्बृद्ध नेपाल निर्माण गरेर मुखभरीको जवाफ दिइने वताउदै भने, ‘हामीलाई जनताले दिएको अभिमत अनुसार नै देशको सम्बृद्धिको मार्ग चित्र कोरिन्छ ।’
कार्यक्रममा नेकपा पर्वतका सचिब सुदिप कुवँरले नेपाली जनताको बिश्वासलाई कुनै पनि हालतमा मर्न नदिने वताए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य डा. चुडामणि शर्माले जनताले कम्युनिष्ट पार्टीलाई बिश्वास गरेपनि जनताको बिश्वास पुरा गर्न नसकेको आरोप लगाए ।
शुभकामना आदनप्रदान कार्यक्रममा नेकपाका नेता कार्यकर्ताहरु, समाजसेवी, ब्यबसायी, सञ्चारकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी सबैको सहभागिता थियो । नेकपाका नेता कार्यकर्ताहरु गाउँगाउँबाट सदरमुकाम आएका थिए ।





