बागलुङ, १६ असोज – जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जाका ४२ बर्षिय नुनबहादुर (गणेश) खत्रीको उपचारका लागि स्थानीय स्तरबाट सहयोग अभियान शुरु गरिएको छ । आन्द्राको क्यान्सर, कार्सिनोमा रोगबाट ग्रसित भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत रहेका खत्री पारिवारिक अवस्था कमजोर भएकाले उपचारका लागि सहयोग अभियान सञ्चालन गरिएको स्थानीय ओम केसीले वताए । केसीको पहलमा हालसम्म रु.५० हजार सहयोग जुटेको छ । केसीको सहयोगका लागि ओम बहादुर खत्री धम्जा बागलुङ, हाल काठमाडौ बाट रु.५ हजार, किरण गौतम भिमपोखरा हाल काठमाडौबाट रु.५ हजार, राज कुमार क्षत्री भिमपोखरा हाल काठमाडौबाट रु. ५ हजार, ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम भिमपोखराबाट रु. ५ हजार, शेर बहादुर घर्ती धम्जा हाल काठमाडौबाट रु.५ हजार, पदमलाल सापकोटा म्याग्दी बरङ्जा, हाल काठमाडौबाट रु. ५ हजार, दिपक खत्री धम्जा हाल दुबैबाट रु. ५ हजार, डिल्लीराज गौतम भिमपोखराबाट रु.५ हजार, बल बहादुर भट्टराई सुखौरा हाल अमेरिकाबाट रु. ५ हजार र सुबास लामिछाने रेस हाल युकेबाट रु. ५ हजार सहयोग संकलन भएको केसीले जानकारी दिए । भारतको सिलाङमा लामो समयदेखि कार्यरत खत्रीको बिरामी भए पछि उपचारमा साढे ३ लाख बढी रकम खर्च भइसकेको श्रीमति सावित्रा खत्रीले बताइन । अझै धेरै रकम लाग्ने अस्पतालले बताएको तर आफ्नो परिवारको तर्फबाट ठुलो रकम जोहो गर्ने सम्भावना नभएकाले देश बिदेशमा रहेका सवै नेपाली समक्ष सहयोगका लागि श्रीमती सावित्रीले अनुरोध गरेका छिन् । खत्रीका १६ बर्षिया छोरी एलिसा र १३ बर्षिय छोरा नारायण छन् । मानवीय सेवाभावले स्वतस्फुर्त रुपमा गणेश खत्री उपचार सहयोग अभियान शुरु गरेका केसीले भने, हामीले दशैको अवसरमा सबै तिर अपिल गरेर रकम संकलन गर्छौ र सबै रकम परिवारलाई हस्तान्रण गर्नेछौ ।’ अभियानमा जोडिन चाहनेहरुले सिधै कैलाश विकास बैकं बागलुङामा हुममाया क्षत्री केसीको नाममा रहेको खाता नम्बर ००८००९००११६४१९०००००१ मा रकम जम्मा गर्न सकिनेछ ।





