मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पर्वत ट्राफिकका चाडपर्व लक्षित नौ योजना

पर्वत ट्राफिकका चाडपर्व लक्षित नौ योजना


  • संजय रेग्मी
  • असोज १७ २०७६, शुक्रबार

पर्वत,१८ असोज- महान् पर्व दसैँ र तिहारमा यात्रुहरूको बढी चापका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै बढ्ने गरेका छन् । हरेक वर्ष चाडपर्वमा भएका दुर्घटनाहरूमा धेरै हताहत हुने गरेका छन् । पर्वतमा भने चाडपर्वको बेलामा यात्रुहरूको अत्यधिक चापका कारण मात्र नभई सडकको अवस्थाका कारण पनि दुर्घटनाको जोखिम उत्तिकै रहेका छ । मध्यपहाडी लोकमार्ग बन्दै गरेका कारण सडक ठाउँठाउँमा भत्काइएको छ, पहिरोहरु पनि झरेका छन् । चाडपर्वमा यात्रुको चापकै कारण भएका दुर्घटनाबारे समाचार सुन्न र देख्न नपरोस् भनी गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले यस अगाडि नै सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयहरू मार्पmत जिल्ला ट्राफिक प्रहरी कार्यालयमा निर्देशन दिइसकेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले भने यो निर्देशन आउनुपूर्व नै चाडपर्व केन्द्रित सडक तथा यात्रु सुरक्षा योजना तयार पार्न थालेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार पर्वत ट्राफिकले यात्रुहरूको सहजताका लागि विभिन्न नौ ओटा योजनालाई कडाइका साथ काम गर्न सुरु गरिसकेको छ ।
हटलाइनको सुरुवात
यस अगाडिसम्म पर्वत जिल्लामा ट्राफिक प्रहरीमा फोन गर्नको लागि हटलाइन सेवाको सुरुवात गरिएको थिएन । यस वर्षबाट भने दसैँको पूर्व सन्ध्यामा १०३ नम्बरको हटलाइन सेवा सुरु भइसकेको छ । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन भने हटलाइन सेवामा २४ सै घण्टा प्रहरीको डुयूटी रहने छ । यात्राका क्रममा कोही पनि यात्रुले ट्राफिक प्रहरीलाई गुनासो गर्नुपर्ने भएमा १०३ मा सिधै फोन गर्न सक्नेछन् । पर्वत यस अगाडिसम्म जिल्ला प्रहरी कार्यालयमा १०० नम्बरको हटलाइन सेवा रहेको थियो ।
यात्रु सहायता कक्ष
सदाका वर्ष जस्तै यस वर्ष पनि घटस्थापनाकै दिनबाट पोखरा बागलुङ राजमार्गको केन्द्रबिन्दु पर्वत सदरमुकाम कुस्मा बजारको शिवालय चोकमा यात्रु सहायता कक्षाको सञ्चालन गरिसकिएको छ । यसको उद्देश्य पनि यात्रुहरूलाई यात्राका क्रममा परेका कुनै पनि समस्याको सुनुवाइ गरी तुरुन्तै सुनुवाइ हुने ट्राफिक प्रहरी प्रमुख भट्ट बताउँछन् । ‘यात्राका क्रममा सवारीमा क्षमता भन्दा बढी यात्रु राखेको होस, बढी भाडा लिएको होस वा सवारीमा हुने दुर्व्यवहारका कुरा नै किन नहुन सबै कुरा सहायता कक्षामा रहेका प्रहरी कर्मचारीलाई भन्नुपर्छ ।’ उनले भने, ‘ड्युटीमा रहेका प्रहरीले तुरुन्तै उक्त गुनासोको सुनुवाइ गर्ने छन् ।’
ग्रामीण र राजमार्ग क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति
प्रायजसोः समय राजमार्ग र सदरमुकाम केन्द्रित रहनुपर्ने बाध्यता रहेको भए पनि दसैँ र तिहारमा बाध्यतालाई मिलाउँदै ग्रामीण क्षेत्रमा पनि पुगेर सवारी चेकजाँचको काम गरिने योजना ट्राफिक प्रहरीको छ । सदरमुकामबाट बाहिरिने वा भित्रिने बेलामा क्षमता अनुसारका यात्रु राखेर देखाउने गरेको भए पनि ट्राफिक प्रहरी नरहेको ठाउँमा क्षमताभन्दा निकै बढी यात्रु राख्ने र भाडा पनि बढी लिने विगतका प्रचलनलाई ख्याल गर्दै जिल्लाका व्यस्त ग्रामीण सडकहरूमा आपूmहरुको छड्के अनुगमन रहने क्षेत्रीले बताए । त्यस्तै, कुनै चोकमा बसेर भन्दा राजमार्गका विभिन्न ठाउँमा पुगेर पनि निगरानी हुने उनको भनाई छ ।
चाप अनुसार सवारी थप
चाडपर्व बाहेकका समयमा थोरै सङ्ख्यामा सवारी चल्ने गरेको भए पनि चाडपर्वको बेलामा धेरै सवारी चलाएर समिति सवारीमा पर्ने एकोहोरो चापलाई कम गराउने ट्राफिक प्रहरीको योजना छ । यातायात व्यवसायीका विभिन्न समितिहरूसँग आवश्यक छलफल गरिसकिएको र जुन ठाउँमा जाने यात्रुको चाप बढी हुन्छ त्यो ठाउँमा थप सवारी पठाइने छ । दसैँको समयमा रुट खुला हुने भएकोले कम चाप भएका ठाउँका सवारीहरूले पनि बढी चाप हुने ठाउँमा पुगेर सेवा प्रदान गर्ने छन् । त्यस बाहेक केही निजी जिप र बसहरूलाई पनि चाप अनुसार गन्त्ब्यमा पठाउनको लागि तयारी अवस्थामा राखिएको छ ।
मा.प.से जाँचमा कडाइ
चाडबाडको बेलामा हुने सवारी दुर्घटनाको एउटा प्रमुख कारण मादक पदार्थको सेवन पनि रहेको छ । चाडबाडहरू रमाइलो गर्नकै लागि हुन भन्ने बुझाएका आधारमा सवारी चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाउन सक्ने भएकोले त्यसो हुन नदिन चेक जाँचमा कडाइ गरिएको ट्राफिक प्रहरी प्रमुख क्षेत्रीको भनाई छ ।
भाडाको उच्च अनुगमन
अघिल्ला वर्षहरूमा पनि यातायात व्यवसायीहरूले चापको फाइदा उठाउँदै तोकिएको भन्दा बढी भाडा लिएको भन्ने गुनासा आउने गरेका थिए । यो प्रक्रिया दोहोरिन सक्ने भएकोले यात्रुहरूलाई मारमा पारेर बढी भाडा सङ्कलन गर्न नदिनको लागि भाडाको विषयमा गोप्य र सूक्ष्म रूपले अनुसन्धान गरिने ट्राफिक प्रहरी बताउँछ । यसका लागि सादा पोसाकका प्रहरीलाई यात्रुकै रूपमा सवारीमा पठाएर पनि परीक्षण गर्ने प्रहरीको योजना छ । यदि कोही पनि सवारीले बढी भाडा लिएको पाएमा त्यो फिर्ता गराउने र सवारी सञ्चालकलाई आवश्यक कारबाही हुने छ ।
लामो दुरीमा दुई जना चालक
दुर्घटनालाई न्यूनीकरण गर्न यस अगाडि नै लामो दुरीका सवारीमा दुई जना चालक हुनुपर्ने नियम कार्यान्वयन गरिसकिएको छ । यद्यपी, कतिपय सवारीहरूमा भने यो नियमको उल्लङ्घन गरेको पाइएको छ । उल्लङ्घन गरेकै कारण दुर्घटनाको जोखिम बढी हुने भएकोले हरेक चेक पोष्टहरुमा दुई जना चालकहरू भए नभएकोबारे पनि सोधपुछ गरिने, यदि नभएमा त्यो सवारीलाई त्यहीँ रोकेर यात्रुलाई अर्को सवारीमा व्यवस्थापन गरेर गन्तव्यमा पठाउने ट्राफिक प्रहरीको योजना छ । ‘लामो दुरीमा एउटै चालकले सवारी चलाउँदा थकाई लाग्छ, निद्रा लाग्छ । पालो नपाउँदा दुर्घटना हुन्छ ।’ प्रमुख क्षेत्रीले भने, ‘दुर्घटनाको महत्त्वपूर्ण कारण यो पनि हो, त्यसैले दुई जना चालक राखे वा नराखेको विषयमा पनि कडा जाँच गर्न थालिसकिएको छ ।’
यात्रु बन्दै सादा पोसाकका प्रहरी
समस्यामा परेका यात्रुले पनि आप्mना समस्या लुकाउन खोज्ने प्रवृत्ति देखिएको र त्यो अवस्थामा पोसाकमा रहेका प्रहरीलाई जानकारी गराउन झनै अप्ठ्यारो महसुस हुन सक्ने भएकोले सादा पोसाकमा पनि प्रहरीहरू घुमिरहेका हुनेछन् । सादा पोसाकका प्रहरीले सवारीभित्रै बसेर वा बाहिर रहेर पनि सवारीको अवस्थाका बारेमा समेत जाँच गर्नेछन् ।
सवारीहरुको अवस्थबारे जाँच
कतिपय सवारीको भौतिक र प्राविधिक अवस्था कमजोर रहेका कारण दुर्घटनामा पर्न सक्ने भएकोले राजमार्ग हुँदै देशका बिभिन्न सहरमा छुट्ने तथा सदरमुकाम आउजाउ गर्दै जिल्लाभित्रै चल्ने सवारीको परीक्षण गर्ने प्रहरीको तयारी छ । अवस्था ठीक नभएका सवारीलाई तुरुन्तै ग्यारेजमा पठाएर अवस्था ठिक पारेर मात्र चलाउन दिन सक्ने छन्, वा हल गर्न नसकिने खालको समस्या भएमा त्यो सवारी ट्राफिक प्रहरीकै नियन्त्रणमा हुने छन् । यात्रुहरूलाई वैकल्पिक व्यवस्था हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->