
बागलुङ, १९ असोज-बिजयादशमीको दिन नजिकिदै गर्दा सदरमुकामका वजारहरु सुनसान बन्न थालेका छन । साविकको अञ्चल सदरमुकाम बागलुङ बजारबा गाउँ भित्रिनेको संख्या ह्वात्तै बढेको छ भने कुश्मा र बेनी बजार पनि सुनसान बनिरहेका छन । बडादशैंको अष्टमीको दिन आज शक्तिपिठमा पुजाअर्चना गर्नेहरुको भीड वढेपनि बजारको ब्यापार पातलिदै गएको स्थानीय ब्यापारीहरुले वताउन थालेका छन । पछिल्लो साता उल्लेख्यय संख्यामा बढेको किनमेल गर्नेको नागरिक भीड क्रमश पातलिँदै गएको छ ।
विशेष गरी शनिवारदेखि कार्यालयहरु पनि वन्द भएका र गाउँछिर्नेको संख्या पनि बढेकाले बजारमा भीडभाड कम हुँदै गएको हो । बिद्यालयमा लामो बिदा भए पछि छोराछोरी पढाउन आएका देखि बिभिन्न कार्यालय, सघं संस्थामा जागिर खानेहरु समेत घर फर्किन थालेकाले वजार शुख्य हुन थालेको ब्यापारी ओमप्रकाश शर्माले वताए । बाहिरबाट गाउँ जानका लागि आएकाहरुका कारण बजारमा केही चहल पहल देखिए पनि यो आईतवारसम्मका लागि मात्रै हो । सदरमुकाममा ब्यापार गर्दै आएका लक्ष्मण केसीले भने, बजार सुनसान जस्तो भइसक्यो, अव त पसलमा समय व्यतित गर्न पनि गाह्रो हुन थाल्यो, आफुलाई पनि कहिले गाउँ जाउँ जाउँ जस्तो भइरहेको छ ।
दसैंको बेला बजार सुनसान हुने र गाउँमा चहल पहल बढ्ने भएकाले बजारमा बस्नै मन नलाग्ने उनीहरुको भनाई छ । जिल्ला भित्रका विभिन्न बजारमा अध्ययन र पेसा, व्यवसाय गरेर बस्ने तथा जिल्ला बाहिर रहेकाहरू पनि गाउँ पुगेपछि गाउँमा भने विस्तारै चहलपहल बढिरहेको छ । यतिवेला धेरै आआफ्ना काम सकेर गाउँ लागिसकेका छन् ।
अहिले बजारबाट गाउँघरतिर जाने गाडीहरु यात्रुहरु पुरा भएका छन भने गाउँबाट फर्किने गाडीहरु रित्तै बजार फर्किन थालेका छन् । शहर बजारबाट भरिभराउ यात्रु बोकेर सवारी साधन गाउतिर जान थालेपछि यातायात ब्यवसायीले भने दोब्बर भाडाँ लिन सुरु गरेका छन । दोहोरो यात्रु नभए पछि सवारी धनी र चालकहरुले दोहोरो भाँडा लिने गरेको ब्यवसायीको भनाई छ । सवारी साधानको अभाव भएकाले महंगो भाडाँ तिर्दा समेत सवारी नपाउने समस्याले आफुहरु महंगो भाडा तिरेर गाउँ आउन बाध्य भएको यात्रुहरुको भनाई छ । दोब्बर मात्रै होइन, केहीले भाडा साविकको भन्दा तेब्बर समेत लिने गरेका छन । दशैंका बेला चाप बढेपछि सवारी साधनका लागि फ्रि क्यूको व्यवस्था गरिएको छ ।





