शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

उत्पादन वृद्धि नगरेसम्म देशमा समृद्धि आउदैन : सभापति कोइराला

उत्पादन वृद्धि नगरेसम्म देशमा समृद्धि आउदैन : सभापति कोइराला


  • Dhorpatan News
  • असोज २६ २०७६, आइतबार

पोखरा,२६ असोज – गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला(रुपक)ले उत्पादन वृद्धि नगर्ने बेला सम्म देशमा समृद्धि नआउने बताए । अब पनि सहकारीले आर्थिक कारोबार गरेर मात्रै सहकारी चल्न नसक्ने उनको भनाई थियो । बचत तथा ऋण सहकारीले पनि अनिवार्य ३० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने नीति प्रदेश सरकारले बनाएको बताउदै उनले आफ्नै देशमा उत्पादन वृद्धि नगर्ने बेला सम्म बजार मुल्य वृद्धि रोक्न नसकिने बताए । उत्पादन बढाउने काम सहकारीले गर्नुपर्ने र उत्पादन भएका बस्तुको बजारको जिम्मा सरकारले लिनु पर्ने उनको भनाई थियो । शनिबार लेखनाथमा खास्टेताल मत्स्य तथा कृषि सहकारी सस्था लिमिटेड एवं खास्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिको तेस्रो साधारण सभाको उद्घाटन गर्दे कोइरालाले
कृषि अनुदानमा गण्डकी प्रदेशले ४० करोड भन्दा बढि अनुदान दिएको भन्दै अनुदान पाउनेहरुले उत्पादन गरेका छन् की छैनन त्यो निगरानी सरकारले गर्नुपर्ने बताए । सरकारले सहकारीहरु लाई उत्पादनको क्षेत्रमा लाग्न प्रोत्साहन गरेकोले यस अबसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनु भयोदिए । सहकारीका अध्यक्ष हरिप्रसाद अधिकारीले ताल संरक्षण संगै मत्स्यपालनलाई ब्यवस्थित बनाएर लैजान आफुहरु लागि परेको बताए । कार्यक्रम ज्येष्ठ सदस्य तथा शेयर सदस्यका छोरा छोरी र उत्कृष्ट बचत कर्तालाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->