शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पोखरामा ५३ ट्याक्सी चालक प्रहरी नियन्त्रणमा

पोखरामा ५३ ट्याक्सी चालक प्रहरी नियन्त्रणमा


  • Dhorpatan News
  • असोज २६ २०७६, आइतबार

पोखरा,२६ असोज –   पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुबाट मिटरमा नजाने तथा मिटर जडान नगरेका ट्याक्सीलाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा  लिएको छ ।

जथाभाबि भाडा लिने ४८ बटा तथा मिटर नै जडान नगरी ट्याक्सी चलाउने ५ गरी  ५३ बटा ट्याक्सी र चालक समेतलाई कार्बाहीको लागी नियन्त्रण लिएको प्रहरीले जनाएको छ । ट्याक्सीहरुले यस अधि बिभिन्न तहबाट पटक पटक भएका निर्णयहरुको बेवास्ता गर्दै मनोमानी रुपमा सर्बसाधारणहरुसंग बढी भाडामा लिई मिटरमा जान नमानि बार्गेनिङ गर्ने  गुनासो बढेपछि प्रहरीले छड्के रुपमा चेकिङ, गस्ति , पेट्रोलिङ तथा स्विप अपरेशन गरेको जनाएको छ  । शनिवार गरिएको स्विप अपरेशनको क्रममा मिटरमा जान नमानि तथा मनोमानी रुपमा मिटरमा नचलाई बार्गेनिङ गरी बढी भाडा असुल गर्ने ४८ बटा  ट्याक्सी र मिटर जडान गर्ने म्याद दिदा समेत अटेरी गरी मिटर जडान नै नगरी चलाई यात्रु ठगी गर्ने ५ ट्याक्सी र चालकलाई लागी नियन्त्रणमा  राखेको प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->