शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बहुउदेश्यीय किसान सहकारीको अध्यक्षमा तिमिल्सिना

बहुउदेश्यीय किसान सहकारीको अध्यक्षमा तिमिल्सिना


  • Dhorpatan News
  • असोज २६ २०७६, आइतबार

पोखरा,२६ असोज – बहुउदेश्यीय किसान सहकारी संस्था लि. पोखरा २५ हेमजाको १७ औ बार्षिक साधारण सभा तथा दशौ अधिबेशन शनिबार हेमजामा सम्पन्न भएको छ । सभाले मोतिराम तिमिल्सिनाको अध्यक्षतामा ३ बर्षका लागि नयाँ कार्य समिति सर्बसमत चयन गरेको छ ।
उपाध्यक्षमा ऋषि तिम्सिना, सचिबमा गोबिन्दराज पौडेल, कोषाध्यक्षमा बुद्धिप्रसाद बाँस्तोला र सहसचिबमा धनकुमारी पोखरेल तिम्सिना चयन भएका छन । त्यस्तै अन्य सदस्यहरुमा झङ्कनाथ तिमिल्सिना, मिलन बाँस्तोला, अपसरा तिमिल्सिना र लक्ष्मि तिम्सिना रहेका छन । दुर्गादत्त पौडेलको संयोजकतोमा लेखा सुपरिक्षण समिति गठन भएको छ । जसको सदस्यमा लछुमण तिमिल्सिना र संजय(राम) घत्री रहेका छन ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रबिरवण तिवारीले सपलल्ताको शुभाकामन दिदै सहकारीको कामको बिषयमा बताए । उनले हेमजा कृषि उत्पादनमा अगाडि भएकोले यस सस्थाले कृषिमा लगानि गरेको उल्लेख गरे ।
कार्यक्रममा अनबरत कृषि सहकारीका अध्यक्ष मोतिराज तिमिल्सिना, सल्लाहाकार शोभाकर तिमिल्सिना, फुलदेब तिमिल्सिना, लेखा परिक्षक रुद्रनाथ पौडेल र सदस्य जित ब. कार्कीले बोलेका थिए ।
उपाध्यक्ष लछुमण तिमिल्सिनाले स्वगत गरि सुरु गरेको कार्यक्रममा शिक्षा उपसमिति संयोजक बुद्धिप्रसाद बाँतोलाले सहकारीका सात सिदान्त बाचन गरेका थिए । कार्यक्रममा २०७५ सालमा एस.इ.इ मा उत्तृण हुन सफल प्रयास श्रेष्ठलाई सम्मान गरिएको थियो । सो अबसरमा उत्कृष्ट कारोबार गरेकोमा पुष्पादेबि श्रेष्ठ, नवराज के.सी र सदिक्षा अधिकारीलाई दोसला र प्रमाण पत्रले सम्मान गरियो । त्यस्तै कृषक तर्फ दिलिप अधिकारी, तारा थापा, शोभा आचार्य तिम्सिना र शिब कार्की सम्मानित भए ।
सस्थाका अध्यक्ष धर्मराज बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब मोतिराम तिम्सिनाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->