शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

सडक बालबालिका शिक्षा सहयोगार्थ च्यारिटी शो

सडक बालबालिका शिक्षा सहयोगार्थ च्यारिटी शो


  • Dhorpatan News
  • असोज २७ २०७६, सोमबार

पोखरा, २७ असोज – सडक बालबालिकाहरुको शिक्षा सहयोगार्थको लागि पोखरामा कार्तिक २ गते च्यारिटी शो हुने भएको छ ।
नेपाली समाजको एउटा मुख्य समस्याको रुपमा रहेको सडक बालबालिकाको कथामा निर्माण भएको चलचित्र ” किन म?” को पोखरामा च्यारिटी हुन लागेको हो । क्यानडा टोरेन्टो फिल्म फेस्टिभल -२०१९ मा पर्न सफल चलचित्र “किन म ?” सडक बालबालिकाको कथामा आधारित रहेको छ ।
” हामिले पोखरा नै रोज्नुको मुख्य कारण म पोखरेली कलाकारहुनु नै हो, त्यसैले पोखराबाट शुरूवात गर्न लागेका हौँ ” चलचित्रका कलाकार जयन्ती मोक्तानले बताइन । एउटा गरिब परिवारमा तथा अनाथ बालबालिका बाध्यताले सडकमा आएर पढ्न नपाएको व्यथालाइ चलचित्रको मुक्य विषय वस्तु बनाइएको मोक्तानले बताइन । चलचित्रमा छुवाछूत जस्ता कुप्रथालाइ चिर्न समाजबाट हेलित भएर हेपिएका दलित समुदायको एउटा बालक सडक बालक हुँदै शिक्षा प्राप्तीका लागि गरेको संघर्षलाई देखाइएको छ ।
चलचित्र सामाजिक समस्यामै आधारित भएको हुनाले उक्त कथा अनुसार नै सहयोग गर्ने भावनाले चलचित्रको च्यारिटी शो गर्ने योजना बनाएको उनले बताइन । ” सडक बालबालिकाको परिवेशलाई समेटिएको हुँदा हामिले सडक बालबालिकाहरुको शिक्षा सहयोगार्थ विषेश च्यारिटी गर्न लागेका हौँ ” कलाकार मोक्तानले भनिन । पोखरामा समेत सडक बालबालिका चुनौती र समस्याकै रुपमा रहेको छ ।
सडक बालबालिका पोखराको मुख्य स्थान  पृथ्वीचोक, शान्तिवन, महेन्द्रपुल, न्युरोड र लेकसाइड क्षेत्रमा सडक बालबालिका बस्दै  आएका छन् । उनीहरुले लगाउने खाने बस्ने ठेगान हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->