शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण

शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण


  • Dhorpatan News
  • असोज २९ २०७६, बुधबार

पोखरा, २९ असोज – नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्ने पूर्णप्रसाद तथा स्व. मायादेवी शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण गरिएको छ । पूर्णप्रसाद बराल तथा स्वर्गिय मायादेवी बराल प्रतिष्ठानका अध्यक्ष तथा बराल दम्पतीका समाजसेवी धर्मराज बराल( भोला ) ले मंगलबार बराल निवासमै भएको एक कार्यक्रममा अक्षयकोष रकम हस्तान्तरण गरेका हुन । अक्षयकोषको रकम तीन लाख तेत्तीस हजार तीन सय तेत्तीस रहेको छ ।
पूर्णप्रसाद, स्वर्गिय मायादेवी शान्ती पत्रकारिता पुरस्कार प्रत्येक वर्ष शान्ती, अध्यात्मिक तथा धर्मसंस्कारका क्षेत्रमा कमल चलाउने एकजना पत्रकारलाई प्रदान गरिनेछ । गत वर्ष पहिलोपटक पत्रकार राजबहादुर गुरुङलाई नगद पच्चीस हजार पाँच सय पचपन्न रुपैया सहित पुरस्कार प्रदान गरिएको थियो ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष बरालले शान्ती पत्रकारितामा संलग्न श्रमजिवी पत्रकारलाई प्रोत्साहन स्वरुप आफूले सहयोग गरेको बताउनुभयो । स्व. मायादेवीको वार्षिकीको अवसरमा रकम हस्तान्तरण गरेका उनले आगामी दिनमा अक्षयकोषको रकम बढाएर पाँच लाख रुपैयाँ र्पुयाउने प्रतिबद्धता व्यक्त गरे । बरालले पत्रकारिता क्षेत्रमा आफूले सदैव सहयोग गरिरहने र पुरस्कारमा कुनै राजनिती नगरी योग्य पत्रकारलाइ दिन आग्रह समेत गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, प्रेस युनियन कास्कीका सल्लाहकार डाक्टर बलराम उपाध्यय रेग्मी, प्रेस युनियन गण्डकी प्रदेश संयोजक टंक अधिकारी, केन्द्रिय सदस्य सरीता पँगेनी र ऋषिकान्त सिग्देलले पुरस्कार स्थापना गरेकोमा बराल परिवारप्रति धन्यवाद दिदै स्वर्गिय मायादेवी बरालको आत्माशान्तीको कामना गरेका थिए ।
सोहि क्रममा बोल्दै नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलले भर्खरै पत्रकारिता क्षेत्रमा प्रवेश गरेका र केहि समयदेखि कलम चलाइरहेका श्रमविजी पत्ररकारहरुका लागि समेत युनियनले केहि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेको बताए । युनियनले पत्रकार उपचारकोषको लागि योजना बनाउदै गरेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->