शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सीको नेपाल भ्रमणमा चीनको बलियो साथ-सञ्चारमन्त्री बाँस्कोटा

सीको नेपाल भ्रमणमा चीनको बलियो साथ-सञ्चारमन्त्री बाँस्कोटा

'चीन हाम्रो असल छिमेकी हो र विशिष्ट शक्तिसँग राम्रो सम्बन्ध हुनु खुशीको कुरा हो।'


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०७६, बिहिबार

काठमाण्डौ, ३० असोज – चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सफल मात्रै नभइ ऐतिहासिक भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् ।  बिहीबार अपरान्ह मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउन सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सफल भन्नका लागि मात्रै भनिएको नभइ बहुआयमिक विषयमा छलफल र समझदारीले प्रमाणित गरेको बताए ।
उनले भने, ‘२० बुँदे समझदारी भएको छ। राजनीतिक र विकास लक्षित सम्बन्ध बलियो भएको छ। साथै उच्च राजनीतिक नेतृत्वबीच विशिष्टिकृत सम्बन्ध स्थापित भएको छ।’ यस्तै प्रधानमन्त्री ओलीको नेपाललाई भू-परिष्ठितबाट भू-जडित बनाउने सपनालाई भ्रमणले सफल पारेको मन्त्री बाँस्कोटाको भनाइ थियो। उनले भने, ‘सीको नेपाल भ्रमणको बेला चीनको बलियो साथ पाइएको छ। चिनियाँ राष्ट्रपति सीको मुखबाटै नेपाली जनातसमक्ष व्यक्त भएको छ कि नेपालभू-परिष्ठितबाट भू-जडित हुनेछ।’
उनले २३ वर्षपछि भएको चिनियाँ उच्च नेतृत्वको भ्रमणले दुईदेशबीच विश्वसनीता र समझदारी बढेको बताए। उनले भ्रमणले दुइदेशको हितमा राम्रो भएको बताए। उनले भने, ‘चीन हाम्रो असल छिमेकी हो र विशिष्ट शक्तिसँग राम्रो सम्बन्ध हुनु खुशीको कुरा हो।’ उनले यो भ्रमणलाई कुनै मूल्यमा दाँज्न नसक्ने बताउँदै सरकारले आगामी दिनमा विश्वका जुनसुकै राष्ट्रको नेतृत्वलाई निमणत्रणा गरिने जानकारी दिए। उनले भने, ‘संसराभरीको नेतृत्वलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिने सरकारो योजनै हो।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->