बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विद्यालय भवन निर्माणका लागि प्रवासीबाट २० लाख सहयोग

विद्यालय भवन निर्माणका लागि प्रवासीबाट २० लाख सहयोग


  • धु्रबसागर शर्मा
  • कार्तिक ३ २०७६, आइतबार

म्याग्दी, ३ कात्तिक – म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणधिन अवस्थामा रहेको जयन्ती माविको पक्की भवनका लागि अमेरिकामा रहेका भकिम्लीवासी (भकिम्लेली)हरुले २० लाखभन्दा बढी आर्थिक गरेका छन् ।
जीर्ण अवस्थामा रहेको भवन विस्थापित गरी समुदायको नेतृत्वमा स्वदेश तथा विदेशमा रहेका भकिम्लीबासी, विभिन्न सरकारी निकायको सहयोगमा निर्माणधिन अवस्थामा रहेको २४ कोठे पक्की भवनलाई अमेरिकामा रहेका भकिम्लेलीले २० लाख ५६ हजार ६४६ रुपैयाँ संकलन गरी हस्तान्तरण गरेका छन् ।
विद्यालयमा आयोजित कार्यक्रममा अमेरिकामा रहेका भकिम्ली मुसुङका यूवा याम पुनको संयोजनमा संकलन गरिएको १० लाख २१ हजार ६४६ रुपैयाँ पूर्व विब्यस अध्यक्ष एवम् अमेरिकामा रकम संयोजनकर्ता याम पुनका बुबा पृथीप्रसाद पुनले ब्यवस्थापन समितिका अध्यक्ष पदम पुनलाई हस्तान्तरण गरे । यस भन्दा पहिले पनि अमेरिकाबाट पुनकै संयोजनमा १० लाख ३५ हजार सहयोग संकलन गरि विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।
सहयोग हस्तान्तरण गदैं पुनले विद्यालयको भौतिक पूर्वाधारसंगै शैक्षिक अभियानलाई केन्द्रित गर्नुपर्ने बताए । ‘समुदायको ठूलो लगानी छ,‘अब शैक्षिक योजनामा ध्यान केन्द्रित गर्नुपर्छ’ पुनले भने ।
पुनले भकिम्लीको शैक्षिक जनशक्तीलाई बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी शैक्षिक गतिविधिमा केन्द्रित गर्नुपर्ने बताए । उनले भौतिक पूर्वाधारले मात्रै गुणस्तरीय शिक्षा सम्भव नभएकाले बताए । सहयोग हस्तान्तरण तथा सम्मान कार्यक्रममा ब्यवस्थापन समितिका अध्यक्ष एवम् बेनपा–३ का वडा अध्यक्ष पदम पुनले भवन निर्माणलगत्तै सम्पूर्ण ध्यान शैक्षिक गतिविधिमा केन्द्रित गर्ने बताए ।
उनले लक्ष्यभन्दा धेर्रै खर्च भएकाले प्रवासमा रहेका भकिम्लीबासीले निरन्तर सहयोग जुटाइरहनुपरेको बताए । सोही अवसरमा चन्दादाता गोकर्ण श्रीष, नरमायाँ श्रीष, नमिता श्रीष, कलिमायाँ छन्त्याललाई सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रत्नबहादुर जिसी,आमन्त्रित सदस्य क्या. जसबहादुर पुन, स्थानीय खिम घर्ती,रेशम केसी, सुन्तला जोन कार्यक्रमका अध्यक्ष खिम पुन लगाएतको उपस्थिती रहेको थियो । विद्यालयको भवन, प्रवेशद्धार, खेलमैदानको प्याराफिट निर्माण लगाएतको संरचनामा ३ करोड ३६ लाख खर्च भएको छ । यसैबीच सहयोगदातालाई भब्य सम्मान सहित सहयोग विवरणलाई शिलालेखमा राखिने विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->