पोखरा ६ कात्तिक – पोखरामा ब्राउन सुगर सहित दुई जनालाइ कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरामा ११.३४ ग्राम ब्राउन सुगर र ब्राउन सुगर नाप्ने डिजिटल मेसिन सहित दुई जनालाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा २५ वर्षीय अभिन गुरुङ र ३० वर्षीय सत्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसिले बताए ।
नेपालगंज बाट पोखरा आएका सत्या चौरधीले रातो रंगको पुरानो टिसर्ट लगाएका थिए । बाँके घर भएका औधारी लगाएको टिसर्ट केही खुइलीएको जस्तो देखिन्थो । उनले लगाएको टिसर्टमा रोमनमा हिन्दी भाषमा केही लेखिएको थियो ‘समय हैन मेरो त अपराध गर्ने जमना हो ।’
हुन पनि चौधारी पोखरामा गाडीबाट झरेको केही समय मा नै जिल्ला प्रहरी कार्यालय कास्कीको विशेष टोलीले पक्राउ गर्न सफल भयो । चौधारीले पोखरा ८ सिमलचौर बस्दै आएका अभिनास गुरुङलाई नेपालगंज देखि लागुऔषध ल्याइदिएका हुन । उनलाई लागुऔषध ओसारपोसार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । चौधारीले बाँकेबाट ११.३४ ग्राम लागुऔषध ल्याएको प्रवक्ता के सि ले बताए । चौधरीले ब्राउन सुगर १ ग्रामको लागभग ३८ सय रुपैयाँमा कारोबार गदै आएको र अभिनास गुरुङले पोखरामा करिव ४० हजार रुपैयाँमा बेच्ने गरेको प्रहरीको भनाइ छ । गरुङ १ वर्ष अघि देखी सिमलचौरमा भाडामा बस्दै आएका थिए । चौधारी संग पोखरा आउने भाडा नभएको कारण गुरुङले आइएमइ मार्फत भाडा पठाएर उनी पोखरा आएको प्रहरीको अनुसंधानबाट खुल्दै आएको हो । भने गुरुङ पोखरामा बसेर लागुऔषधको डिलरको काम गदै आएको प्रहरीको दावी छ । गुरुङ सिमलचौर नविन गुरुङको घरमा बस्दै आएका थिए । पक्राउ परेका उनिहरुको थप अनुसन्धान गरेको प्रवक्ता के सि ले जानकारी दिए ।





