बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेनीे – गौश्वारा मोटरबाटो मर्मत

बेनीे – गौश्वारा मोटरबाटो मर्मत


  • ढोरपाटन संवाददाता
  • कार्तिक ९ २०७६, शनिबार

म्याग्दी, ९ कात्तिक – म्याग्दीको सदरमुकाम बेनीदेखि बेनी नगरपालिका २ ज्यामरुककोटको वडा कार्यालयहुँदै गौश्वारा जोड्ने मोटरबाटो मर्मत तथा सफाइ गरेपछि अहिले त्यस क्षेत्रका वासिन्दाहरुलाई सुविधा पुगेको छ ।
कठिन भूगोल र भिरालो तथा जंगल क्षेत्र भएकोले सो बाटोमा वर्षाको समयमा सडक हुँदै पानी बग्दा बाटो विग्रिएर यात्रु तथा सवारी साधनहरुलाई सास्ती हुने गर्दथ्यो ।
बेनी नगरपालिका वडा नं २ को रु १ लाख १२ हजारको लागतमा बाटोको सरसफाइ गरिनुका साथै अप्ठ्यारो ठाउँमा बाटो चौडा गरिएपछि अहिले पहिलेको तुलनामा वाटो फराकिलो भएको बेनी नगरपालिका वडा नं २ का वडा अध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।
अध्यक्ष थापाले नगरपालिकादेखि वडाकार्यालय जोड्ने यो सडक नै मुख्य सडक भएको आफ्नो प्राथमिकतामा रहेको जानकारी दिनुभयो । तर नगरपालिकाले दिने सीमित बजेटले मात्र यस सडकको स्तरोन्नति सम्भव नभएकोले प्रदेश सरकारलाई पनि बजेटका लागि पहल गरिएको उहाँको भनाइ थियो ।
२०६७ सालमा ट्याक खुलेको, साढे ७ किमि दुरीको बेनी — भकुण्डे सडकको मर्मतका लागि अहिलेसम्म लाखौं रुपैयाँ खर्च गरिएको भएपनि भिरालो जमिन र कठिन भूगोलका कारण वर्षेनी दुःख हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->