बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पहिरोले ट्याङ्की पुरेपछि गाउँमा खानेपानीको हाहाकार

पहिरोले ट्याङ्की पुरेपछि गाउँमा खानेपानीको हाहाकार


  • ध्रुबसागर शर्मा
  • कार्तिक ११ २०७६, सोमबार

म्याग्दी, ११ कात्तिक – म्याग्दीको बेनी नगरपालिका ९ कोसेपानीमा एकसाता अघि आएको पहिरोले खानेपानीको ट्याङ्की पुरेपछि गाउँमा खानेपानीको हाहाकार भएको छ ।
६ महिना अघि करिब ५ लाखको लागतमा निर्माण गरिएको खानेपानीको ट्याङ्कीमा राम्रोसंग पानी आपूर्ति नहँदै पहिरोले पुरेपछि स्थानीय साँभ विहान एक गाग्री पानीका लागि टाढाटाढा सम्म धाउन वाध्य भएका छन् ।
स्थानीय केशव चोखालले दिएको जानकारी अनुसार ट्याङ्की पहिरोले पुरेपछि गाउकाँ करिब ३० घर परिवारलाई समस्या परेको छ । स्थानीयहरु खोला तथा कुवाको पानी पिउन बाध्य छन् ।
गाउँ नजिकै पानीको कुनै स्रोत नहुँदा टाढाबाट ल्याइएको पानी ट्याङ्कीमा जम्मा गरेर खानु पर्ने अवस्थामा ट्याङ्की नै पहिरोले पुरिदिएपछि समस्या भएको स्थानीयको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->