म्याग्दी, १३ कात्तिक – जातीय विविधताले युक्त हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा मंगलवार विविध कार्यक्रमका साथ नेपाल संम्वत ११४० को भव्य स्वागत गरिएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.स ९३७ (ई.स८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संम्वतको शुरुवात गराएका थिए ।
सदरमुकाम बेनी बजारको वस्ती विस्तार गर्ने महत्वपूर्ण भूमिका निर्वाहा गरेका नेवार समुदायको संस्था नेपाल भाषा मंका खलको आयोजनामा शुभकामना आदानप्रदान, ¥याली र सम्मान कार्यक्रम गरेर नेपाल संम्वत ११४० को स्वागत गरिएको हो ।
सोही अवसरमा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नेपाल सम्वत मौलिक नेपाली संस्कृतिको आफ्नै सम्वत भएकोले राज्यले अपनत्व ग्रहण गरी नेवार समुदायको मात्रै होइन सबैको साझा पर्वको रुपमा स्वीकार गर्नुपर्ने बताए े । उनले शंखधर साख्वाको परोपकारी भावना र उनले गरेको योगदान अहिले पनि उत्तिकै उदाहरणीय र अनुकरणीय रहेको बताए ।
सोही अवसरमा २०७४ सालको को एसईई परिक्षामा निजी र सामुदायिकतर्फ उत्कृष्ट अंक ल्याई उतिर्ण हुने २२ जना छात्रछात्रालाई नगद एक हजार पाँच सय रुपैया सहित सम्मान गरिएको थियो
संगमचोकदेखि सुरु भएको नेवार समुदायको झाँकी र परम्परागत भेषभुषा सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो ।





