पोखरा, १४ कात्तिक- १३ औं दाक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत पोखरामा निर्माणाधिन पोखरा फुटबल मैदानको लागि ल्याइएको दुबो बिग्रीदा दुबो बिछ्याउने काम रोकिएको छ ।
भारतको कोलकत्ता बाट ६३ लाख रुपैंया बराबरको दुबो पोखरा ल्याइएको थियो ।
साग लक्षित मैदानका लागि शुक्रबार ३० हजार स्क्वायर फुट दुवो आइपुगेको थियो । जस मध्ये ३ हजार स्क्वायर फुट दुबो बिग्रीएको परेको हो । उक्त दुबो बिग्रीदा मैदानको काम रोकिएको हो । खेल मैदान निर्माण पूरा गर्न अब करिब दुई हजार पाँच सय स्क्वायर फुट दुबो लगाउन मात्र बाकी छ ।” हामिले करिब ८७ हजार स्क्वायर फुट दुबो मैदानमा रोपिसकेका छौ , अब बाकी दुबो रिप्लेस गरेका छौ तीन चार दिनमा आइपुग्छ ” निर्माणाधिन रंगशालाका प्रोजेक्ट म्यानेजर दिपक बरालले भने ।
मैदान निर्माणको अन्य काम भने धमाधम चलिरहेको छ । मैदानको लागि आवश्य भि.आइ.पि प्यारापिट देखि लिएर शौचालय सम्मको कामले भने निकै तीव्रता पाएको छ । मैदानमा दुबो सेट गर्न पर्ने भएकाले दुबो चाडो आए राहत मिल्ने बरालले बताए ।
मैदानमा ८५ हजार स्क्वायर फुट दुबो आवश्य रहे पनि भारत बाट आयात गर्दा विग्रेको दुबोलाइ रिप्लेस कम्पनिले नै गर्ने बरालले बताए । ‘हामीले करिब करिब मैदान भित्रको दुबो रोप्ने काम सकेका छौं, दुबो आए अब करिब तीन घण्टामा दुबो रोप्ने काम सकिन्छ ’ उनले भने–‘कोलकोत्ताबाट लोड भएको छ, ४ दिनमा पोखरा आइपुग्छ” बरालले भने । मैदान भित्र रोपिएको दुबोको लागि भारत बाट नै दुई जना प्राविधिकहरु खटिएका छन ।
निर्माण कम्पनीले अब केही दिनमा ट्रयाक एण्ड फिल्डको काम सुरू गर्ने बरालले जानकारी दिएका छन । ट्रयाक एण्ड फिल्डको सबै काम सक्न तिन देखि चार दिन लाग्ने उनले बताए । पहिलो कन्साइन्टमेन्टको ग्राण्ड स्टाण्डका सामाग्री विसान पट्नम आइपुगेको बताउदै उनले साग गेमको लागि १० हजार सिट क्षमताका प्यारापिट निर्माण हुने बताए ।
प्रतियोगिता समपन्न गर्नको लागि निर्माण कम्पनीले दैनिक १२ देखि १४ घण्टा सम्म निरन्तर काम गरिराखेको उनले बताए । हामी समयमै काम समपन्न गर्छौ , हाम्रो सम्पुर्ण ध्यान मैदान निर्माणकार्यमा केन्द्रीत छ । हामी प्राविधिक सामान समयमा आए समय भित्रै काम समपन्न गर्न सक्षम छौ बरालले भने ।
पोखरा फुटबल मैदान निर्माणको काम करिब ७० प्रतिशत पूरा भएको उनले जानकारी दिए ।
पोखरामा साग गेम्स अन्तरगत ९ खेल हुने सम्भावना रहेको छ । जस मध्ये महिला फुटबल, महिला क्रीकेट , ह्यान्डबल , भारोत्तोलन , व्याटमिटन, ट्रायथाेलन, आर्चरी , विच भलिबल र प्याराग्लाइडिङ रहेको छ ।
महिला फुटबलको लागि नेपाली महिला राष्ट्रिय टोलीले बन्द प्रशिक्षण पोखरामा नै गरि राखेका छन ।





