मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पर्वतमा नेपालकै नमुना बन्जी जम्प,विश्वकै दोस्रो अग्लो (तस्वीर)

पर्वतमा नेपालकै नमुना बन्जी जम्प,विश्वकै दोस्रो अग्लो (तस्वीर)

नेपाल भ्रमण वर्ष २०२० को सुरुको दिन जनवरी १ सम्ममा सुरु हुने


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०७६, शनिबार

पर्वत,१६ कात्तिक – पर्वतमा नेपालकै नमुना बन्जी जम्प निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । साहसिक पर्यटकलाई आकर्षित गर्ने उदेश्यले निजी क्षेत्रको लगानीमा नमुना बन्जी जम्प निर्माण गरिएको हो। बन्जी जम्प नेपाल भ्रमण वर्ष २०२० को सुरुको दिन जनवरी १ सम्ममा सुरु हुने बताइएको छ । पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको नारायणस्थान जोड्ने गरी कालीगण्डकीमाथि पुल निर्माण गरेर बन्जी जम्प सञ्चालनको तयारी गरिएको हो । बन्जी जम्प सञ्चालनका लागि इन्टु द वाइल्ड मल्टी प्रपोज प्रालिले आफ्नै लगानीमा पुल निर्माणको काम सकीसकेको छ ।
कुश्मा–बलेवा जोड्ने गरी कालीगण्डकी नदीमा रु १२ करोड रुपैयाँको लागतमा ५३५ मिटर लम्बाइ र २२५ मिटर उचाइको पुल निर्माण गरिएको प्रालिका राजु कार्कीले जानकारी दिए ।
उक्त बन्जी जम्प पुल विश्वकै दोस्रो अग्लो पुल हुने कार्कीको दावी छ । कम्पनीले बन्जी खेल्न आउने पर्यटकका लागि रिसोर्टसमेत निर्माण सुरु गरेको जनाएको छ ।बन्जी जम्प निर्माण गर्न थालिएको ठाउँ बलेवा एयरपोर्ट नजिकै भएकाले पुल निर्माणले एयरपोर्ट सञ्चालनमा समेत सहजता आउने स्थानीयवासीले आशा गरेका छन् ।
बलेवा क्षेत्रमा एयरपोर्ट, मुस्ताङ– बुटवलसँग सिधा यातायातका लागि कालीगण्डकी करिडोर, पूर्व पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग निर्माण हुन थालेकाले बन्जी जम्पको प्रवद्र्धनमा सहजता आउने प्रालिका सञ्चालक युवराज जोशीले बताए ।

तस्वीर – बालकृष्ण सुबेदी/ढोरपाटन 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->