शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मध्यपहाडी लोकमार्ग : कास्कीमा ६८ प्रतिशत काम समपन्न

मध्यपहाडी लोकमार्ग : कास्कीमा ६८ प्रतिशत काम समपन्न

विधुतिको पोलले सडक निर्माणमा ढिलाई


  • विजय नेपाली
  • कार्तिक १८ २०७६, सोमबार

पोखरा,१८ कात्तिक – राष्ट्रिय गौरव योजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको कास्की क्षेत्रमा पर्ने सडक निर्माणको काम ६८ प्रतिशत समपन्न भएको छ ।पोखराको याम्दी देखि नयाँपुल सम्म पर्ने ३७ किलोमीटरको सडक निर्माण काम यति बेला तिव्र गतिले अघि बढेको छ ।
राष्ट्रिय गौरव योजना अन्तरगत कास्की जिल्लामा पर्ने सडकलाइ दुई प्याकेजबाट निर्माण थालिएको हो । पोखरा महानगरपालिकामा पर्ने १२ किलोमीटर सडकलाइ छुट्टै र महानगर भन्दा बाहिर पर्ने २५ किलोमिटर सडकलाइ छुट्टै रुपमा विभाजित गरि काम भइरहेको छ । महानगरमा पर्ने १२ कि.मि सडक मध्ये ६ कि.मि. स्वच्छन्द इलाइट र ६ कि.मि. शर्मा एण्ड कम्पनीले निर्माण गर्नेछन भने २५ कि.मि. सडक श्रेष्ठ दिवा एपेक्स कम्पनीले निमार्ण गर्ने छ  ।
परियोजनाको लागि कास्कीमा  ३ अर्वको बजेट रहेको छ ।  उक्त सडक निर्माण कार्य समय अगावै समपन्न गर्ने लक्ष्य रहेको परियोजना अन्तरगत कास्कीका इन्जिनियर अनन्त बरालले जानकारी दिए  । ३७ किलोमीटर  मध्ये १० किलोमीटर सडक कालोपत्रे समेत गरिसकेको इन्जिनियर बरालले बताए । दुई वर्ष भित्र  महानगरको बाहेक २५ किलोमीटर सडक निर्माण काम समपन्न गर्ने योजना सहित काम तिव्र रुपमा अघि बढेको उनले बताए  ।  “३७ किलोमीटरको बाटोलाइ दुइ भागमा विभाजन गरि  काम अघि बढाएका छौ, समय अगावै काम समपन्न गरि नमुना परियोजनाको रुममा परिचित गराउन चाहान्छौ“ इन्जिनियर बरालले भने  । परियोजन अन्तर्गत २५ किलोमिटर डि.बि.एस.टि र १२ किलो मिटर अस्थल्ट कंक्रीट सडक हुने छ ।
अस्थल्ट कंक्रीट नेपालको लागि नयाँ प्रविधीको सडक रहेको छ । महानगरमा जोडिएको १२ किलोमीटरको सडक अस्थल्ट कंक्रीट सडक हुने बरालले जानकारी दिए  । “ यो उच्चस्तरीय प्रविधीको सडक हो , सरकारले यो किसिमको सडकको लागि पुरै योजना भने पार्न सकेन, यो किसिमको सडक निर्माण गर्ना महंगो समेत हुन जान्छ“ – “ यो अत्याधुनिक प्रविधिको सडक हुनेछ “ बरालले भने ।
राष्ट्रिय गौरव अन्तरगत पञ्च वर्षीय योजना रहेको उक्त परियोजनाको लागि कास्कीमा दुई वर्षमा समपन्न गर्ने लक्ष्य रहेको छ ।
विधुतिको पोलले सडक निर्माणमा ढिलाई
मध्यपहाडी लोकमार्ग अन्तरगत पोखरा महानगरमा पर्ने १२ किलोमिटरको सडक विधुत पोलको कारणले निकै समस्यामा परेको छ । हेम्जा क्षेत्रमा पर्ने उक्त सडकको बिच भागमा रहेको विधुत पोलको कारणले सडक ग्राभेल तथा कालोपत्रे गर्ने काम ठप्प भएको छ । सडकको लेभलिङको काम सकिए पनि सडकलाइ सम्याउने काम समेत रोकिएको हो । विगत ६ महिना देखि सडक सम्याउने ग्राभेल गर्ने लगायतको काम रोकिएको छ जस्ले गर्दा कालोपत्रे गर्न निकै समय लाग्ने देखिएको छ । पोलको कारणले नै हेम्जाको सडक यतिबेला निकै धुलाम्मे भएको छ । जस्को कारण आम सर्वसाधारण तथा यात्रुहरु धुलोको सिकार बनेका छन भने धुलो कै कारण दुर्घटना समेत हुने गरेको छ । “ केन्द्रले पोल हटाउनको लागि बजेट विनियोजन गर्न ढिला गर्यो जस्को प्रत्यक्ष प्रभाव अहिले देखिएको छ , रकम विनियोजन भएको छ अब हटाउने काम पनि गर्छौ“ परियोजनाका इन्जिनियर अन्नत बरालले भने  । पोलको कारणले सडकको ग्राभेल तथा सम्याउने काम रोकिएपनी नाली तथा स्ल्याब निर्माणको सम्पुर्ण काम भने नरोकिएको उनले बताए  । चिसो मौसम शुरुभएको भन्दै अब करिब दुई महिना काम बन्द हुने बरालको भनाइ छ ।  “ चिसोमा मेसिनले काम गर्दैन हामिले अब धेरै गरे मंसिर दोस्रो हप्ता सम्म मात्र काम गर्छौ“ उनले भने ।  दशै अघि नै ग्राभेल गर्ने लक्ष्य रहेपनी पोलको कारणले काम रोकिएको उनले बताए ।
महानगरमा पर्ने उक्त १२ किलोमीटर सडकको बिच भागमा करिब ४ सय ५० विजुलीका पोलहरु रहेका छन । पहिले २ लेनको सडक हुदाँ सडक छेउछाउमा राखिएको पोल अहिले ६ लेनको बनाउन खोज्दा बिच भागमा पर्न गएको हो । उक्त १२ किलोमीटर सडक नयाँ प्रविधिको सडक हुने छ । अस्थल्ट कंक्रीट सडकको योजना दुई निर्माण कम्पनीले लिएका छन । ६ किलोमीटर स्वच्छन्द इलाइट र ६ किलोमीटर सर्मा एण्ड कम्पनीले निर्माण गर्नेछन । पोलको कारण सडक निमार्णमा ढिलाई हुदाँ सर्वसाधारणले निकै सास्ती खेप्न बाध्य भएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->