पोखरा,१९ कात्तिक – पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको अमले वचत तथा ऋण सहकारी संस्थाले नवौं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम छोरेपाटनलाई सहयोग गरेको छ ।आइतबार आयोजित एक कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष ले. धर्मदत्त तिमिल्सिनाले आश्रमका संयोजक राजन सापकोटालाई नगद तथा जिन्सी सामाग्री हस्तान्तरण गरेका थिए ।सो अवसरमा सहकारीका संस्थापक अध्यक्ष धर्मदत्त तिमिल्सिना, निवर्तमान अध्यक्ष माधव पहारी, उपाध्यक्ष खेमराज वराल ध्रुब, आश्रमका संयोजक राजन सापकोटा लगाएतले वोलेका थिए ।सहकारीका अध्यक्ष वद्रिनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव एकनारायण भण्डारीले गरेका थिए ।





