शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

सांग्रिला बैंककोे वार्षिकोत्सव,  २०९ जनाद्वारा रक्तदान

सांग्रिला बैंककोे वार्षिकोत्सव,  २०९ जनाद्वारा रक्तदान


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०७६, मंगलबार

पोखरा, १९ कात्तिक – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको १५औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले सोमबार वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा क्षेत्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा २ सय ९ जनाले रक्तदान गरेका छन् । सामाजिक उत्तरदायित्व बहन अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको क्षेत्रीय प्रवन्धक दीपेन्द्र सुवेदीले जानकारी दिए ।
वार्षिकोत्सवको अवसरमा पोखरासहित काठमाडौं, नेपालगंञ्ज र धादिङको गल्छीमा पनि रक्तदान कार्यक्रम भएको बैंकले जनाएको छ । देशभर गरी ४ सय ६२ युनिट रगत संकलन भएको छ ।
१० वर्षभन्दा बढी समयदेखि कार्यरत सम्पूर्ण कर्मचारीलाई बैंकले वार्षिकोत्सवको अवसरमा सम्मानसमेत गरेको छ । पोखरा क्षेत्रीय कार्यालयले पनि कर्मचारीलाई सम्मान गरेको सुवेदीले जानकारी दिए । वार्षिकोत्सवकै अवसरमा बैंकले शनिबार काठमाडौंमा प्रभातफेरी कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->