पर्वत,२१ कात्तिक- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन बाहिर जानेहरूलाई राजनीतिक दलले आप्mनो मान्छे हो भनेर संरक्षण गर्न नहुने बताएका छन् । गृह जिल्ला पर्वतको दुई गाउँपालिका महाशिला र पैयूँ जोड्ने पहिलो कालोपत्रे सडक ‘हुवास–लुंखु सडक कालोपत्रे योजना’ को बुधवार शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।
संसद् सचिवालयकी कर्मचारीमाथि तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुराचार गरेको अभियोग लागेर पुर्पक्षको लागि थुनामा जानु, सांसद मोहम्मद अफताव आलमले ज्युँदै मान्छे जलाएपछि जन्मकैदको माग गर्दै प्रहरीले मुद्दा दायर गर्नु लगायतका घट्नाहरुप्रति सङ्केत गर्दै उनले कानुन सबैका लागि बराबर भएको उल्लेख गरे । ‘कानुनले साना र ठुला कोही पनि भन्दैन । सबैका लागि हो कानुन ।’ अध्यक्ष तिमिल्सिनाले भने, ‘कानुन तोड्ने व्यक्ति जोसुकै भए पनि कुनै पनि राजनीतिक दलले आप्mनो मान्छे भनेर संरक्षण गर्नु हुँदैन ।’ कानुन आपैmले साना वा ठुला मान्छे भनेर नछुट्ट्याउने भएका कारण कानुन भन्दा माथि कोही पनि नभएको अध्यक्ष तिमिल्सिनाको भनाई छ ।
देशमा सुशासन कायम गर्नका लागि राजनीति तथा अन्य पहुँचका आधारमा अपराध गर्नेलाई कुनै हालतमा छुट दिन नहुने पनि उनको भनाई छ । ‘पहुँचचका आधारमा अपराध जे गरेपनि छुट हुनु हँुदैन् । सत्ता नजिक होस् वा टाढा होस् कानुन सबैलाई लाग्छ ।’ उनले भने, ‘म संधै सुशासनको पक्षमा छु । पहुँचकै आधारमा कसैले पनि गलत काम गर्नेलाई प्रोत्साहित गर्नु हुँदैन् । निर्दाेष मान्छेले सजाय पाउने अवस्था पनि आउनु हुँदैन् ।’
अर्को प्रसङ्गमा भनाई राख्दै अध्यक्ष तिमिल्सिनाले कास्कीको फेवाताल–भदौरे हुँदै पर्वतको कार्कीनेटा–लुंखु–उराम–सेतीबेणी गुल्मीको रिडी गरी दुई प्रदेशलाई जोड्ने गरी निर्माण हुन लागेको सडकलाई राष्ट्रिय स्तरको सडकको रूपमा विकास गरिने बताए । ‘हामीले यो सडकका विषयमा कुराकानी गरिरहेका छौँ ।’ उनले भने, ‘फेवाताल हुँदै भदौरे तथा पर्वतको कार्कीनेटा हुँदै गुल्मीको रिडीमा पुग्ने सडकले दुई प्रदेशलाई जोड्ने काम गर्छ । यसलाई राष्ट्रिय स्तरको सडकका रूपमा विकास गर्न लागिएको छ ।’ यसैगरी, महाशिला गाउँपालिका २५ शैया क्षमता रहेको अस्पतालको निर्माण भएपछि अब समग्र पैयुँ क्षेत्रलाई प्रतिनिधित्व गर्ने गरी अस्पताल निर्माण गर्ने योजना रहेको उनको भनाई छ । अस्पताल निर्माणको विषयमा केन्द्रीय सरकारसँग कुराकानी भइरहेको पनि अध्यक्ष तिमिल्सिनाले जानकारी गराए ।
राष्ट्रको आर्थिक प्रगतिको विषयमा भनाई राख्दै अध्यक्ष तिमिल्सिनाले पछिल्लो समय विकास र समृद्धिको भएकोले यस्ता खालका काममा जनताबाट पनि उत्तिकै सहयोग चाहिने उल्लेख गरे । ‘समृद्धिमा सहकार्य गर्नका लागि नागरिकले पनि उत्तिकै रूपमा सघाउनु आवश्यक छ ।’ उनले भने, ‘देशको समृद्धिका लागि जनताले पनि आप्mना उत्पादनलाई समृद्धिसँग जोड्नुपर्छ ।’ चिनिया राष्ट्रपति सी जिन फिङको नेपाल भ्रमणले छिमेकी देशसँगको सम्बन्ध प्रगाढ बनाउन सहयोग मिलेको भन्दै उनले नेपाल र चीनबिचको अन्तर्रा्ष्ट्रिय सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गरे ।
कालोपत्रे हुन लागेको लुंखु हुवास सडक खण्डको कुल लम्बाई झन्डै १५ किलोमिटर रहेको छ । यो सडक महाशिला र पैयुँ गाउँपालिका जोड्ने पहिलो कालोपत्रे सडक बन्दै छ । सडकको कालोपत्रे गर्नका लागि काठमाडौँको हिमडङ एन्ड थोकर प्रा.लि ले ३२ करोड ५० लाख ८ हजार ५ सय ७० रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । कात्तिक ८ गते ठेक्का सम्झौता गरेको कम्पनीले कात्तिक १४ गतेबाट कामको सुरुवात गरिसकेको छ। अबको २४ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो ।





