मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

३३ सय मिटर अग्लो ठाउँमा कृत्रिम ताल बनाइँदै

३३ सय मिटर अग्लो ठाउँमा कृत्रिम ताल बनाइँदै


  • संजय रेग्मी
  • कार्तिक २९ २०७६, शुक्रबार

पर्वत,२९ कात्तिक – समुन्द्र सतहबाट ३३ सय मिटर उचाईमा रहेको पर्वत जिल्ला स्थित हम्पालको लेकमा कृत्रिम ताल निर्माण गरिने भएको छ ।

जिल्लाको पर्यटकीय र ऐतिहासिक क्षेत्रहरूमध्येको प्रमुख एक रहेको कालञ्जर पर्वत हिन्दु धर्मका ग्रन्थहरुमा पनि उल्लेख छ । कालञ्जर पर्वत हम्पालमै रहेको छ । प्रचानि समयमा भगवान शिव र पार्वतीको क्रिडास्थलको रहेको भनी किवंदन्ती सुनिने गरेको उक्त क्षेत्रमा मृग सरोवर रहेको र त्यसमा स्नान गरेमा पाप पखालिन्छ भन्ने मान्यता थियो । सोही ठाउँको विकास र प्रबद्र्धन गरेर पर्यकीय गन्तब्यका रुपमा विकास गर्नका लागि कृत्रिम ताल सहितका अन्य संरचनाहरु निर्माण गर्ने तयारी गरिएको हो ।

उक्त क्षेत्रको हालै मात्र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संघिय सांसद पदम गिरी, गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल सहित झण्डै ५ सय जनाको टोलीले अवलोक गरेको छ ।

झण्डै ५० बर्ष अगाडिसम्म मृग सरोवरको अस्तित्व रहेको भएपनि जलजला क्षेत्रको लेदो र हिलोका कारण ताल पुरिएको छ । पुरिएको ताललाई पुननिर्माण गरी अन्य संरचनाहरुको पनि विकास गर्नका लागि यसै बर्षबाट डिपिआर तयार पार्ने काम गरिने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए । हम्पाल क्षेत्रमा ताल निर्माण सहित निलकण्ठेश्वर महादेवको मन्दिरको पुनर्निर्माण, पदमार्ग तथा सडक निर्माण, सहज यात्राका लागि केवलकार निर्माण, पर्यटकहरूको सुविधाको लागि आकर्षक रिसोर्टहरु सञ्चालन गर्ने गरी यसै वर्षबाट डी.पी.आर तयार गर्न लागिएको हो ।

जिल्लाको सबैभन्दा उच्च स्थान जलजलाबाट आँखै अगाडि सेतै टल्किने धौलागिरी, अन्नपूर्ण, निलगिरी, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लु लगायतका १६ भन्दा बढी हिम चुचुराहरू अवलोकन गर्न सकिन्छ । यस्तै, सूर्योदय र सूर्यास्त हेर्नका लागि पनि हम्पाल क्षेत्र उपयुक्त छ । उक्त ठाउँबाट पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ र लमजुङ जिल्ला भौगोलिक क्षेत्रहरू देख्न सकिने स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->