म्याग्दी, १० मंसिर– म्याग्दीको बेनी नगरपालिका–६ जलेश्वरमा मंगलवार यात्रुबहाक जीप र मोटरसाईटल ठोक्किँदा तीन जना घाईते भएका छन् । गलेश्वरदेखी बेनी बजारका लागि छुटेकोे ध१च २३५ नम्बरको बोलेरो जिप र बेनी बजारदेखी गलेश्वर जाँदै गरेको ध१प ३५४९ नम्बरको एउटै मोटरसाईकलमा सवार रहेका रघुगंगा गाउँपालिका–६ पाखापानीका २३ बर्षिय सन्तोष थजाली र सोही गाउँका २५ बर्षिय अमर पाईजा र २० बर्षिय मनि पुर्जा घाईते भएका हुन् । उनीहरुमध्ये गम्भिर घाईते भएका सन्तोष र अमरलाई थप उपचारको लागि सिम्रीक एयरको हेलिकप्टर मार्फत पोखरा लगिएको छ । घाईते तीनै जनाको बेनी अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । उपचारको क्रममा दुई जनाको अबस्था गम्भिर भएपछि पोखरा रेफर गरिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । घाईतेमध्येका मनी पुर्जाको अबस्था सामान्य रहेकाले उनको बेनी अस्पतालमै उपचार भैरहेको छ । प्रहरीका अनुसार, तिब्र गतिमा चलाएको कारण मोटरसाईकल अनियन्त्रीत भएर दुर्घटना हुन पुगेको पाईएको छ ।





