म्याग्दी, ११ मंसिर– जिल्ला सदरमुकाम बेनी बजारमा रहेको वेष्ट पोइन्ट कलेजमा युवाको आवाज (भोइस फर युथ ) कार्यक्रम सम्पन्न भएको छ । व्हाइट बटरफ्लाई अभियानका अभियन्ता मिलन राइसंग बिद्यार्थीहरुले साक्षात्कार गर्दै कार्यक्रम सम्पन्न गरेका हुन । प्रमुख बक्ता राइले युवामा रहेको कौतुहलता र जिज्ञासालाई कसरी यथार्थमा रुपान्तरण गर्न सकिन्छ भन्ने बिषयमा आफ्नो अनुभव र सेतो पुतली मार्फत आत्मगत शान्ति र पर्यावरण संरक्षरण सम्बन्धि बिषयहरुमा प्रष्ट्याएका थिए । कलेज र कक्ष ११ १२ का विद्यार्थीहरु कार्यक्रममा सहभागी थिए । ४३ देशमा यहि सेतो पुतली अभियान मार्फत युवामा सकारात्मक उर्जा प्रदान गर्न सफल भएको उनले बताए ।
कलेजमा गठित इन्फ्लुएन्सियल् ब्याचलर क्लबको आयोजनामा भएको कार्यक्रम एक फरक तरिका आफुले गरेका गतिविधिहरु समेटेर बनाइएको भिडियो मार्फत उद्घाटन एक नौलो तरिका भएकोमा राईले प्रशंसा गरे । वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका संस्थापक निर्देशक सुबासकुमार श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए ।





