शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बम विस्फोट गराएको आशंकामा पोखरामा एक पक्राउ

बम विस्फोट गराएको आशंकामा पोखरामा एक पक्राउ


  • Dhorpatan News
  • मंसिर ११ २०७६, बुधबार

पोखरा, ११ मंसिर – पोखरा नयाँबजार प्रदर्शनी केन्द्रनजिकै भएको बम विस्फोटमा संलग्न रहेको आशंकामा एकजना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। बुधबार दिउँसो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रमनजिकै बम विस्फोट गराएको आरोपमा एकजनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको हो। बम विस्फोटलगत्तै प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको थियो। ‘उक्त स्थानमा तत्कालै व्यापकरूपमा प्रहरी परिचालन गरी खोजतालस तथा अनुसन्धान गर्दा उक्त शंकास्पद वस्तु विष्फोट कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले तत्कालै एकजना व्यक्तिलाई पक्राउ गरेको छ,’ कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले भने, ‘थप अनुसन्धान भइरहेको छ।’ प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय खुलाएको छैन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->