मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मन्त्री लम्सालको २ करोडको बजेट : विद्यालय पछिको प्राथमिकतामा मन्दिर !

मन्त्री लम्सालको २ करोडको बजेट : विद्यालय पछिको प्राथमिकतामा मन्दिर !


  • संजय रेग्मी
  • मंसिर १२ २०७६, बिहिबार

पर्वत,१२ मंसिर – गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको २ करोड रुपैयाँ खर्च गर्नका लागि योजना छनोट गरेका छन् । पर्वत क्षेत्र नं २ बाट संविधान सभामा समेत निर्वा्िचत भएका उनले तयार पारेको योजना छनोट अनुसार बजेटको पहिलो प्राथमिकतामा शिक्षा, दोस्रोमा सामुदायिक भवन निर्माण, तेस्रोमा मन्दिर तथा गुम्बा, चौथोमा सडक, पाँचौँमा कृषि, छैटौँमा स्वास्थ्य र खेल तथा सातौँमा पुल निर्माण परेका छन् ।
जनताको माग र रायका आधारमा नै योजना छनोट गरेर सोही अनुसार बजेट खर्च गर्ने भन्दै उनले केही समय अगाडि आप्mनो निर्वाचन क्षेत्रका सबै वडामा पुगेर योजनाको प्राथमिकताको विषयमा सार्वजनिक रूपमा छलफल पनि गरेका थिए । आपूmले तयार पारेको योजना जनताकै रायका आधारमा रहने भएकोले बजेटको खर्च गराइ अनुसार उपलब्धि पनि आउने मन्त्री लम्सालले यस अगाडि नै बताउँदै आएका छन् ।
मन्त्री लम्सालले आप्mनो बजेट योजनामा शिक्षा क्षेत्रमा ५५ लाख, सामुदायिक भवन निर्माणको लागि ४४ लाख, मन्दिर तथा गुम्बा निर्माणको लागि ३४ लाख, सडकको लागि ३० लाख, कृषिका लागि १२ लाख, स्वास्थ्यका लागि १० लाख, खेलका लागि १० लाख र पुल निर्माणको लागि ५ लाख खर्च गर्ने योजना सार्वजनिक गरेका छन् । विनियोजन भएको बजेटको खर्च तथा कार्यक्रम कार्यान्वयन जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले गर्ने छ ।
कहाँको लागि कति बजेट ?
शिक्षा
नेपाल तारा मा.वि. विहादी गाउँपालिका ३ रानीपानीको लागि २५ लाख
जनता मा.वि.फलेवास नगरपालिका ६ देविस्थानको लागि ५ लाख
गहते अम्वोट आधारभूत विद्यालय फलेवास नगरपालिका ४ मुडिकुवाको लागि ५ लाख
त्रिवेणी क्याम्पस पैयुँ गाउँपालिका २ को लागि १० लाख
र्गोल्याङधाम आधारभूत विद्यालय, महाशिला १ होश्राङदीमा सभा हल निर्माणको लागि १० लाख
सामुदायिक भवन निर्माण
सामुदायिक भवन फलेवास नगरपालिका ६ देविस्थानको लागि २५ लाख
दुक्तान सभा हल, महाशिला गाउँपालिका ५ लुंखुको लागि १० लाख
गुरुङ मण्डली भवन, पैयुँ गाउँपालिका स्थित हुवासको लागि ९ लाख
मन्दिर तथा गुम्बा
गुरुङ गुम्बा फलेवास नगरपालिका ६ देविस्थानको लागि ५ लाख
देवी मन्दिर फलेवास नगरपालिका १० कुर्घा (न्वाखर्क) को लागि ५ लाख
देवी मन्दिर फलेवास नगरपालिका ५ खानीगाउँ (अर्मना) को लागि ५ लाख
गौरादेवी मन्दिर विहादी गाउँपालिका ५ उरामको लागि ५ लाख
बगाले विश्वकर्मा मन्दिर पैयुँ गाउँपालिका ३ वेउलीवासको लागि ४ लाख
बाघेढुंगा देवी मन्दिर फलेवास नगरपालिका १ कार्कीनेटाको लागि १० लाख
सडक
झ्याउसीङ–श्रीकांग–सात्ले सडक फलेवास नगरपालिका ११ पाङराङको लागि ५ लाख
वहाकी भन्ज्याङ–माझगाउँ–मिथ्लांग–काब्राङ–छाप– शालिग्राम देउराली विहादी गाउँपालिकाको लागि ५ लाख
मेहलपोखरी–पत्यार–फेदी सडकको लागि ५ लाख
कार्कीथर–भंगरा–सिरुवारि सडकको लागि ७ लाख
कृषि
कृषि उपज सङ्कलन केन्द्र, फलेवास नगरपालिका २ थापाठाना सिरुवारिको लागि २ लाख
शंकरपोखरी कृषि उपज सङ्कलन केन्द्र निर्माण, फलेवास नगरपालिका ३ शंकरपोखरीको लागि १० लाख
स्वास्थ्य
थापाठाना स्वास्थ्य चौकी, फलेवास नगरपालिका २ थापाठानाको लागि एम्बुलेन्स चलाउनको लागि १० लाख
खेल
फलामखानी खेलमैदान, महाशिला गाउँपालिका ६ फलामखानीको लागि ५ लाख
ठानामौला खेलमैदान, फलेवास नगरपालिका ८ ठानामौलाको लागि ५ लाख
पुल निर्माण
पैयुँ गाउँपालिका ७ मा पर्ने भोर्ले रिग्दी खोलामा पुल निर्माण गर्नको लागि ५ लाख

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->