मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

प्रबिधिको विकासक्रम सँगै खतरामा पारिवारिक सम्बन्ध

प्रबिधिको विकासक्रम सँगै खतरामा पारिवारिक सम्बन्ध


  • संजय रेग्मी
  • मंसिर १८ २०७६, बुधबार

पर्वत,१८ मंसिर  आधुनिक प्रबिधिको विकासक्रम बढ्दै गएसँगै मानवीय सम्बन्धहरु भने खतरामा पर्दै जान थालेका छन । परिवारमा परेका पिडालाई आपसी समझदारीमा मिलाईने परम्परा छोड्दै आजभोली भने सम्बन्धलाई नै तोड्ने परम्परा पढ्दै गएको छ । साना साना समस्यालाई पनि सहन गर्न नसक्ने र पारिवारिक सम्बन्धमा मायाको महसुस कम हुँदै जाँदा परिवारिक सम्बन्धहरु बिग्रिँदै गएको हो । जिल्ला अदालत पर्वतमा बढ्दै गएका सम्बन्ध बिच्छेद सम्बन्धी मुद्धाहरुले पनि यसैको पुष्टी भएको छ ।

नयाँ जारी गरिएको मुलुकी ऐनमा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेपछि पर्वतमा सम्बन्ध विच्छेद गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । यस अगाडिसम्म ऐनमा महिलाले सम्बन्ध विच्छेद गर्न सक्ने प्रावधान रहेको भएपनि अहिले पुरुषले पनि सम्बन्ध विच्छेद गर्न सक्ने प्रावधान छ ।

सम्बन्ध विच्छेद बढ्दै जाँदा पारिवारिक विचलन समेत बढ्दै गएको कानुन व्यवसायीहरूको भनाई छ । सकेसम्म सम्बन्धमा समस्या नआउने कुरामा सचेत हुनुपर्ने आवश्यकता रहेको नेपाल बार एसोसिएसन पर्वतका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीले बताए । ‘सानो समस्यालाई खोतल्दै जाँदा वा समस्याको बारेमा दोहोरो बुझाई कम हुँदा सम्बन्ध विच्छेदको अवस्था आउँछ ।’ उनले भने, ‘सकभर श्रीमान् श्रीमतीको सम्बन्धमा समस्या आउन दिनु हँुदैन् । आईहालेमा पनि दुई जना बसेर छलफल गरेर सम्बन्धलाई बलियो बनाउनु नै उत्तम विकल्प हो ।’

जिल्ला अदालत पर्वतका श्रेष्तेदार जीवनकुमार पौडेलका अनुसार अदालतमा अघिल्लो वर्ष र चालु वर्षको चौमासिक अवधिमा २१६ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७५÷०७६ मा १ सय ७१ र चालु वर्षको चार महिनामा ४५ वटा सम्बन्ध विच्छेदका मुद्दा अदालतमा दर्ता भएका छन् । अदालतले गत वर्ष १ सय १५ ओटा सम्बन्ध विच्छेदका मुद्दा फस्र्यौट गरेको थियो । चालु वर्षमा पनि गत वर्षबाट लगत सरि आएका ४० मुद्दा फस्र्यौट भएका छन् । गत वर्षका ५६ मुद्दा फैसला हुन बाँकी नै छन् भने यो वर्ष थपिएका ४५ गरी अदालतमा १ सय १ ओटा मुद्दा फैसलाको क्रममा रहेको पौडेलको भनाई छ ।

नयाँ मुलुकी ऐन जारी भएपछि पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दिन पाउने व्यवस्था रहेका कारण सम्बन्ध विच्छेद बढेको श्रेस्तेदार पौडेलले बताए । वैदेशिक रोजगार, जोडीहरूका बिचमा बेमेल, परिपक्व नहुँदै बिहे गर्ने प्रचलन, सानो समस्याले सम्बन्धमा खटपट आउँदा पनि सहन शक्ति नहुनु लगायतका कारण अदालतमा सम्बन्ध विच्छेद गर्ने बढेको हो । ‘पहिलेको जस्तो सहन शक्ति अहिलेका मान्छेमा छैन । सानो कुरामा विवाद हुँदा पनि उनीहरूको निर्णय सम्बन्धबिच्छेदमा पुग्छ ।’ उनले भने, ‘नयाँ मुलुकी ऐनमा पुरुषहरूले पनि सम्बन्ध विच्छेद गर्न सक्ने भएपछि विच्छेद गर्नेहरू बढ्दै गएका छन् । यो परिणामले हाम्रो समाज मिलन भन्दा पनि बिछोडतर्पm केन्द्रित भएको देखाउँछ ।’

बाबु र आमाले सम्बन्ध विच्छेद गर्दा उनीहरूका सन्तानमा अदृश्य असर धेरै पर्ने विश्लेषकहरू बताउँछन् । श्रीमान् श्रीमतीले सन्तानका लागि भए पनि केही कुरामा सम्झौता गरेरै भए पनि सम्बन्धलाई टिकाइराख्न उत्तम हुने कुस्माको शिवालय बहूमुखी क्याम्पसमा मनोविज्ञान विषयको अध्यापन गराउँदै आएका प्राध्यापक राजेन्द्र पहाडीले बताए । ‘बुबा र आमाको बिचमा हुने झगडाले त बच्चालाई भित्रभित्रै रुवाएको हुन्छ, झन् सम्बन्ध विच्छेद नै भयो भने त यसले दीर्घकालीन असर पारेको हुन्छ। जिम्मेवार अभिभावकले सम्बन्धबिच्छेदको बाटो रोज्नु हँुदैन् ।’ सम्बन्ध विच्छेद गर्ने जोडीका सन्तानहरूमा मानसिक समस्या देखिने, समाजमा सम्बन्ध विच्छेद गर्नेलाई राम्रो नजरले नहेर्ने, वैवाहिक जीवनलाई घृणा गर्ने, दुब्र्यसनहरुमा फस्ने लगायतका समस्या देखिने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->