मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कालञ्जर पर्वत विश्व पर्यटन सूचिमा समाबेश गर्छौं : तिमिल्सिना

कालञ्जर पर्वत विश्व पर्यटन सूचिमा समाबेश गर्छौं : तिमिल्सिना

गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको गर्ने उद्देश्यले आयोजित महोत्सवमा ५ करोड उठ्याउने लक्ष


  • राजन नेपाली
  • मंसिर १९ २०७६, बिहिबार

पर्वत, १९ मंसिर – राष्ट्रिय सभाका अध्यक्ष गाणेश तिमिल्सिनाले पर्वतको जलजलामा रहेको कालञ्जर पर्वतलाई विश्वको पर्यटन सुचिमा राख्नका लागि आवश्यक पहल गर्ने बताएका छन् । उक्त क्षेत्रमा सडक, खानेपानी लगायतका पुर्वाधार निर्माण गर्नका लागि जोड दिनुपर्ने भन्दै तिमिल्सिनाले पूर्वाधारको बिकास गरेर पहाडलाई पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा जोड दिए । स्थानीय बैदिक गाई संरक्षण लागि पर्वतको जलजला गाउँपालिका– ७ धाईरिङ मिलनचोकमा गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट महायज्ञ एवं गौँमहोत्सव विहिबार संयुक्तरुपमा उद्घाटन गर्दै तिमिल्सिनाले संकृति र संस्कारलाई आय आर्जन सँग जोड्नु पर्नेमा जोड दिए । उनले गौमहोत्सवले जलजलाको धार्मिक पर्यटन प्रवद्र्धन र गाईको संरक्षणका लागि सहयोग पुग्ने बताए । कालञ्जर, जलजला र गौशालालाई एकिकृत रुपमा विकासका लागि ग्रामिण भेगका जनताका लागि पुर्वाधार विकासमा सबै लाग्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले जलजलाको कालाञ्जरलाई पर्यटन र धार्मिक रुपमा विश्वसम्पदा सुचिमा चिनाउन यस क्षेत्रको पुर्वाधार विकासका लागि प्रदेश सरकारले गुरुयोजना निर्माण लागि बजेट विनियोजन गरेको जानकारी गराए । गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको गर्ने उद्देश्यले आयोजित महोत्सवमा ५ करोड उठ्याउने लक्ष रहेको महायज्ञका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । स्थानीय जातका गाईको बंश संरक्षण गर्दै गौत प्रशोधन गरि औषधी रुपमा विक्रि गर्ने महायज्ञ आयोजनाका महासचिव जगन्नाथ आर्चायले जानकारी दिए ।स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले गौशालामा ३० वटा भन्दा बढी गाई रहेका छन् । महोत्सवका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष शेरबहादुर केसीको स्वागत र महासचिव जगन्नाथ आचार्यको संचालनमा भएको कार्यक्रममा नगर तथा गाउँपालिका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मि, विद्यार्थी, आमासुह लगायतको उपस्थित रहेको थियो । उद्घाटनको पुर्व सन्ध्यामा मिलनचोक हुदै पर्वत बेनी म्याग्दी सदुरमुकाम बेनी लगायतको क्षेत्रमा घडासहित परिकर्मा गरिएको थियो ।
गण्डकी गोपाल गौशाला धाईरिङको आयोजनामा गाई संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचारप्रसारको लागि पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा गौमहोत्सव आयोजना गरिएको हो । मंसिर १९ देखि २६ गतेसम्म संचालन हुने गौमहोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र महायज्ञका प्रमुख वाचक एवम् संकल्पकर्ता कमलनयन आचार्यले गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->