मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बिश्व युवामंचको उपाध्यक्षमा पर्वतका भुसाल निर्वाचित

बिश्व युवामंचको उपाध्यक्षमा पर्वतका भुसाल निर्वाचित

भुसाल यसअघि संगठनको एशिया प्यासिफिकको उपाध्यक्षसमेत थिए ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०७६, आइतबार

पर्वत, २२ मंसिर – विश्व प्रजातान्त्रिक युवा संगठन (डब्लुएफडीवाई)को उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल निर्वाचित भएको छ । साइप्रसमा भएको संगठनको २० औँ अन्तरराष्ट्रिय सम्मेलनले संघलाई उपाध्यक्षमा निर्वाचित गरेको संघका केन्द्रीय सदस्य नरेश शाहीले जानकारी दिए ।
संघको प्रतिनिधित्व गर्दै सुन्दर भुसाललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न प्रतिनिधिको रूपमा पठाइएको छ । भुसाल यसअघि संगठनको एशिया प्यासिफिकको उपाध्यक्षसमेत थिए ।
यही डिसेम्बर २ देखि ७ गतेसम्म चलेको सम्मेलनमा विश्वका ६३ देशका ९५ युवा संगठन सहभागी थिए । संगठनमा नेपालको तर्फबाट नेकपा निकट अनेरास्ववियू र युवा संघ सदस्य रहेका छन् । नेपालले सम्मेलनमा सन् १९९३ बाट सहभागिता जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->